२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित



अ+ अ-

कोलम्बो। श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक) अनुसार मे २०२५ मा समग्र महँगी दर ०.६ प्रतिशत पुगेको छ। यो दर अघिल्लो महिना अर्थात् अप्रिल २०२५ मा -०.८ प्रतिशत थियो। यो विवरण श्रीलंकाको जनगणना तथा तथ्यांक विभागले सार्वजनिक गरेको हो।

प्रकाशित तथ्यांकअनुसार खाद्य वस्तुहरूको वार्षिक महँगी दर अप्रिलमा २.९ प्रतिशत थियो भने मे महिनामा बढेर ५.९ प्रतिशतमा पुगेको छ।खाद्य बाहेकका वस्तु तथा सेवाहरूको महँगी दर भने मे महिनामा -३.४ प्रतिशत देखिएको छ, जुन अप्रिलमा -३.७ प्रतिशत थियो।

सन् २०२२ को सेप्टेम्बर महिनामा श्रीलंकामा गम्भीर आर्थिक सङ्कटका कारण महँगी दर ६९.८ प्रतिशतसम्म पुगेको थियो। त्यसयता महँगीमा क्रमिक रूपमा गिरावट आइरहेको देखिन्छ। (रासस/सिन्ह्वा)