६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट पाए सफाइ



अ+ अ-

काठमाडौँ । ‘गुन्डा नाइके’ बाट परिचित काभ्रेका कांग्रेस नेता गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन् ।

लामालाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला उल्टाउँदै सर्वोच्च अदालतले लामालाई सफाइ दिएको हो ।

२०७५ साउन २४ गते लामा विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका थिए । उनलाई १ वर्ष कैद, बिगोबराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना हुने फैसला भएको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको सम्पत्तिमध्ये १ करोड ४० लाख ५० हजार रुपैयाँ अवैध रहेको ठहर गरेको थियो ।

उक्त फैसला उल्टाउँदै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामालाई सफाई दिँदै उनीसँगसँग भएको सम्पत्तिलाई वैध बनाइदिएको छ ।

लामामाथि विभिन्न आपराधिक क्रियाकलापबाट धन कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा २०७० जेठ ५ मा मुद्दा दायर गरेको थियो । २७ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको भनी सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको थियो ।