९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

राससका महाप्रबन्धक राईको बिदाइ

राससका महाप्रबन्धक राईको बिदाइ
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राई आफ्नो चार वर्षीय कार्यकाल पूरा गरी बिदा हुनुभएको छ ।

राससले महाप्रबन्धक राईलाई धन्यवाद दिँदै सम्मानसहित विदाइ गरको हो । उहाँ विस २०७८ असार १० गते राससको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त हुनुभएको थियो ।

केन्द्रीय कार्यालयमा आज आयोजित बिदाइ कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले तुलनात्मक रुपमा यसअवधिमा राससको गति ठीक ढङ्गले अगाडि बढेको र त्यसमा महाप्रबन्धक राईको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले पछिल्लो समय रासस ‘भिजिबल’ बनेको उल्लेख गर्दै यसमा महाप्रबन्धक राईको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।

“महाप्रबन्धक राईसँगको तीनवर्षको सहकार्यमा संस्थाको ‘मेमोरीलाई मेमोराइज’ गर्ने काम गर्नुभएको छ,”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “उहाँबाट परिस्थितिलाई विश्लेषण गर्ने र वातावरणलाई अनुकूल बनाउने क्षमतालगायत धेरै सिक्नुपर्ने कुरा छन् ।” पछिल्ला तीन वर्षमा उहाँसँग काम गर्ने तौरतरिका मिलेकाले राससले धेरै ठूलो फड्को मारेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यकारी अध्यक्ष झाका अनुसार राससको नियमित बजेटमा २७ प्रतिशतले वृद्धि भएको छ । नियमितभन्दा झण्डै रु १३ करोड बजेट बाहिरबाट व्यवस्थापन भएको छ । सरकारमाथिको परनिर्भरता २१ देखि २२ प्रतिशतले घटेको छ । पछिल्लो समयमा राससको आन्तरिक आम्दानी बृद्धि हुनका साथै राससको बाग्मती प्रदेशको चितवनमा सुविधासम्पन्न तालिम केन्द्र भवन, भद्रपुर, धनगढी, वीरगञ्जलगायत कार्यलयमा नयाँ भवनको प्रक्रिया अगाडि बढेको तथा अन्य प्रदेश तथा जिल्ला कार्यालयको रिनोभेसन भएर व्यवस्थित रुपमा सञ्चालन भएको छ । रासस उपदान कोषमा रकम वृद्धि भएको छ । राससको २४सै घण्टा सेवा, मातृभाषामा समाचार सेवा, रासस मिडिया सङ्ग्रहालय, रासस समाचार बुलेटिन कक्ष आदि सञ्चालनमा आएका छन् ।

कार्यक्रममा महाप्रबन्धक सिद्धराज राईले पछिल्लो वर्ष रासस उन्नत्ति र प्रगतिको पथमा लम्किरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यकारी अध्यक्षको नेतृत्वमा समन्वयकारी भूमिका निर्वाह गरेको छु, यसबीचमा महत्वपूर्ण काम भएका छन् । राससमा धेरै अवसर छन् तमाम कर्मचारीले उपयोग गर्नुस् ।”

महाप्रबन्धक राईले यस अवधिमा संस्थालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न सफल भएको बताउनुभयो । राससको संस्थागत सुधार, सेवामा विविधिकरण गर्न व्यवस्थापन र कर्मचारीको समन्वयकारी भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो ।

राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले संस्थागत सुदृढीकरण र सेवा प्रभावकारीतामा अध्यक्ष र महाप्रबन्धकको प्रभावकारी समन्वय र सहकार्यको अनुपम नमूना भएको उल्लेख गर्नुभयो । सो अवसरमा रासस व्यवस्थापन र राससका पेशागत सङ्घ सङ्गठननकोतर्फबाट महाप्रबन्धक राईलाई मायाको चिनो प्रदान गरियो । रासस