२२ श्रावण २०८३, शुक्रबार
,
Latest
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० किलो सुन प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।

सोमबार न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

प्रहरीले शुक्रबार रोकालाई टोखाबाट पक्राउ गरेको थियो । रोका सुन तस्करी प्रकरणमा पक्राउ परी थुनामा रहेका  बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् ।

२ साउन २०८० माराजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध मुद्दा दायर गरेकोपछि रोका फरार थिइन् ।