२२ श्रावण २०८३, शुक्रबार
,
Latest
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न मागसहित ११४ दिनदेखि शान्तिपूर्ण धर्नामा पिछडा वर्ग महासङ्घ



अ+ अ-

काठमाडौँ । नेपाल पिछडा वर्ग महासङ्घ र द.वा.पी. सङ्घर्ष समितिले काठमाडौंमा शान्तिपूर्ण धर्ना दिएको छ ।

महासङ्घ केन्द्रिय कार्य समिति तथा द.वा.पी. सङ्घर्ष समितिले विभिन्न मागहरूसहित सहित माईतीघर मण्डलामा धर्ना दिएका हो । गत वर्षको फागुन १९ गतेदेखि शुरु भएको उनीहरूको शान्तिपूर्ण आन्दोलन तथा धर्नाको आज ११४ औँ दिन हो ।

उनीहरूले उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिमा पदाधिकारीहरू यथाशीघ्र नियुक्ति गरी कार्यालय सञ्चालन गर्नुपर्ने लगायतका मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको थर सूचीकरण सम्बन्धी मन्त्रालयमा बुझाएको प्रतिवेदन मन्त्री परिषद्बाट पास गरी यथाशीघ्र आरक्षण लागु गर्नुपर्ने, तिन वटै विकास समितिमा विगत १ दशक देखि निरन्तर रूपमा कार्यरत कर्मचारीहरूलाई बिना कारण सेवाबाट अवकासित गरिएका कर्मचारीहरूलाई पुनर्बहाली गर्नुपर्ने, नेपाल पिछडा वर्ग (ओबीसी) महासङ्घ, दलित तथा बादी समुदायबिच पटक पटक भएको सम्झौताहरू यथाशीघ्र लागु गर्नुपर्ने माग राखेका छन् । नेपालको संविधान धारा ४२ को उपधारा १, धारा १२ को उपधारा ३ र धारा २८३ बमोजिम राज्यको सरकारी तथा निजी क्षेत्रको रोजगारमा आरक्षित सिट सङ्ख्या निर्धारण गरी यथाशीघ्र लागु हुनुपर्ने साथै सङ्घीय निजामती सेवा विधेयक र शिक्षा विधेयकमा पिछडा वर्गलाई यथाशीघ्र समावेश गर्नुपर्ने माग रहेको द.वा.पी. सङ्घर्ष समितिका संयोजक गोपाल प्रकाश सुनारले बताउनु भयो ।

धर्नामा बसेकाहरूले पिछडिएको समुदाय उत्थान विकास समितिलाई सक्रिय गर, उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति सक्रिय गर, हाम्रो माग पूरा गर सहितका प्लेकार्ड बोकेर धर्ना दिएका हुन् ।