काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।
सोमबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकार सञ्चालन र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको भएपनि बैठकले केही नियुक्ति र बढुवासम्बन्धी निर्णय गर्ने बुझिएको छ ।










