५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायीको सटर बन्द गराएर आर्थिक समृद्धि हुन सक्दैनः सांसद कार्की



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनचाँदी व्यवसायीहरुको संरक्षण गर्न नसके आर्थिक समृद्धि हुन नसक्ने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुनचाँदी व्यवसायीलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय संस्कृति, पर्यटनसँग सम्बन्धित रहेको बताउनु भयो । सुनचाँदी व्यवसायीहरुले राखेका जायज मागहरु पूरा गर्नुपर्ने बताउनु भयो । सुनचाँदी व्यवसायीहरुका जायज मागलाई यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

हाँले भन्नुभयो, कहीँ न कहीँ हामीले विश्वासको आधार जनतालाई दिएनौँ भने भोलि जनता निराशातिर जान सक्छन् । सुनचाँदी व्यवसायीलाई हामीले संरक्षण पनि गर्नुपर्छ । संवद्र्धन पनि गर्नुपर्छ । सुनचाँदी व्यवसायीहरुको हाम्रो संस्कृति, पर्यटन, धेरै महत्वपूर्ण सम्बन्ध छ । कर नै चाहिँदैन भनेर एकछिन खुशी मानेर राष्ट्र समृद्धिको दिशातर्फ अघि बढ्न सक्दैन । राष्ट्रलाई कर पनि चाहिन्छ । तर कर लगाउनेको पनि एउटा सीमा हुन्छ । सुन चाँदी व्यवसायीहरुले जुन माग राख्नुभएको छ, मैले बुझेअनुसार सबैको एउटै किसिमको राय बुझेको छ । विनियोजन विधेयकमा संसदमा छलफल भइरहेको छ । उहाँहरुको जायज मागलाई हामीले यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्नुपर्छ । चोरी, फटाईं छ भने अनुगमन गरौँ, सुन चाँदी व्यवसायीको संरक्षण गरेनौँ भने व्यवसायको संरक्षण गर्ने र आर्थिक समृद्धि हुँदैन । सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि हुन्छ ? सटर धेरै भन्दा धेरै खुल्नुपर्छ । त्यो वातावरण हामीले बनाउनुपर्छ । 

सांसद कार्कीले सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको जिकिर गर्नुभयो । सबै व्यवसायीहरुको सटर खुल्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो ।