२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते



अ+ अ-

चन्द्रपुर । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् ।

आज बिहान काठमाडौँ । देखि भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५२१६ नं को बस अनियन्त्रित भई सात फिट दक्षिण साइडमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका हुन ।

घाइते हुनेमा सात जना भारतीय नागरिक रहेका छन् । घाइते हुनेमा भारत सितामढीकी ४४ वर्षीय रेखादेवी राम, सोही ठाउँकी २२ वर्षीय जहदेवी झा, सोही ठाउँका ११ वर्षीय बिसुकुमार पटेल, मोहमद अकिल, ३८ वर्षीय नरगिस खातुन, दुई वर्षीय आयस प्रतिक रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिनुभएको छ ।

यसैगरी धनुषा जिल्ला सिरेश्वरनाथ–१ बस्ने वर्ष २३ को अनुष्का निगम, जनकपुर बस्ने वर्ष ३५ कि सन्तोषी ठाकुर र जलेश्वर–४ बस्ने ४३ वर्षीय पुनम ठाकुर पनि दुर्घटनामा परी घाइते भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।

घाइते सबैको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घाइतेको अवस्था समान्य रहेको राईले बताउनुभयो । बसमा २५ जना सवार रहेकामा १० जना घाइते र अन्य १५ जना गन्तव्यतिर गएको समेत उहाँले जानकारी दिनुभयो । चालक भने फरार रहेको बताइएको छ ।