१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।