२९ असार २०८२, आईतवार
,
Latest
यो समीकरण मन नपराउनेहरु सरकार ढल्यो भन्ने भ्रम फिँजाउन व्यस्त छन्ः महासचिव पोखरेल   चाँगुनारायणको काँखमा कलाकारको रङमा साहित्यकारको कलम कोरियो… सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक प्रतिनिधि सभामा प्रश्तुत काठमाडौं महानगरले असार मसान्तमा बजेट पारित गर्ने काठमाडौं जिल्ला अदालतबाट चालु आ.व.को असार २७ सम्म २६ हजार ७ सय ४४ मुद्दा फर्छ्यौट काठमाडौँ महानगरको आम्दानी १० अर्ब, खर्च १३ अर्ब काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७६ करोड समयमै बजेट ल्याउन नसकेकोमा माफी माग्दै सुनिताले भनिन् – हामी फेरि एक ढिक्का भएका छौं रास्वपालक्षित सांसद केसीको टिप्पणीः पुरानाले देश बिगारे भन्दै घण्टी बजाउँदै आएकाहरुको हालत पनि उस्तै छ भोटेकोशी बाढीबारे गृहमन्त्रीः नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्प्स बिच सहकार्य आवश्यकः अध्यक्ष ढकाल



अ+ अ-

न्यूजपोलार ए.आई.

  • सरकार र अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) बिच बलियो सहकार्यको आवश्यकता
  • अवैतनिक र औपचारिक दूतको रुपमा मात्र होइन आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार र उपयोग गर्नुपर्छ
  • वाणिज्यदूहरुमार्फत उनीहरुले र्प्रतिनिधित्व गर्ने देशहरुसँग भविष्यमा गरिने सहकार्य अझ मजबुत बनाउन सक्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) बिच बलियो सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौँको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापारः अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै महासंघ अध्यक्ष ढकालले नेपालले आफ्‌नो आर्थिक कूटनीतिलाई बढाउदै विकास र सम्मृद्धिमा फड्को मार्न विश्वका महत्वपूर्ण ६४ देशका अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । ढकाल अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) का डिन समेत हुनुहुन्छ ।

“सरकार र एचसीसीएन नेपालबिच विश्वास र साझेदारीको सहकार्य आवश्यक रहेको छ । राज्यले अनररी कन्सुलर कर्प्सलाई अवैतनिक र औपचारिक दूतको रुपमा मात्र होइन आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार र उपयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

ढकालका अनुसार वाणिज्यदूतहरु व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिल्यै सक्रिय रहेका छन् र उनीहरूले सरकारको खर्च बिना आफ्‌नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवद्र्धन गरिरहेका छन् ।

उहाँले वाणिज्यदूतहरुलाई नेपाल र विश्व अर्थतन्त्रबीचको पुलको रूपमा उपयोग गर्न सकिने उल्लेख गर्नुभयो ।

त्यस्तै, भूकम्प, बाढी र अन्य संकटको बेला वाणिज्यदूतहरुले प्रतिनिधित्व गर्ने देशहरूले नेपाललाई सहयोग उल्लेख गर्दै यसले वाणिज्यदूहरुमार्फत उनीहरुले र्प्रतिनिधित्व गर्ने देशहरुसँग भविष्यमा गरिने सहकार्य अझ मजबुत बनाउन सक्ने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले हालै गठन गरेको आर्थिक कूटनीति विभागको स्वागत गर्दै ढकालले यसले सरकार, अनररी कन्सुलर कर्पस् नेपाल, निजी क्षेत्र र कूटनीतिक निकायबिच अझ राम्रो समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “आर्थिक कूटनीति केवल व्यापारमा सीमित छैन । यो रोजगार, प्रविधि, ब्राण्डिङ, पर्यटन लगायत धेरै क्षेत्रसँग जोडिएको छ,” उहाँले भन्नुभयो ।

निजी क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनको ८१ प्रतिशतभन्दा बढी योगदान गर्ने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रलाई आर्थिक सहयोग चाहिएको नभई सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट गर्नुभयो ।

भारत, चीन र यूएई लगायतका मुलुकमा प्रधानमन्त्रीको भ्रमणको बेला आयोजना गरिएका व्यापार सम्मेलनहरूले लगानी र आर्थिक सहकार्यमा नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आर्थिक कूटनीति विभागसँगको सहकार्यले आगामी दिनमा अझ धेरै, व्यवस्थित र प्रभावकारी रुपमा यस किसिमका कार्यक्रमहरु आयोजना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।