७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् भवनको क्यान्टिनको छतबाट खसेर कामदार घाइते



अ+ अ-

काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरभित्र रहेको क्यान्टिन माथिको छतबाट खसेर एकजना कामदार घाइते भएका छन् ।

छतमा मर्मतको काम गर्दागर्दै उनी खसेका हुन् । उनलाई अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ ।

उनको कुहिना र खुट्टामा चोट लागेको छ । फल्स सिलिङ भाँचिएर काम गर्दागर्दै उनी लडेको बताइएको छ ।