७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको कपुरधारामा कोठाबाटै मोबाइल, ल्यापटप र नगद चोरी



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित एक घरमा चोरी भएको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–१२ घर भई कपुरधारामा बस्ने २४ वर्षीय रोशन ज्ञवालीको कोठामा चोरी भएको हो ।

चोरले कोठाबाट मोबाइल, ल्यापटप र नगद चोरी गरेको छ । झण्डै डेढ लाख बराबरको धनामाल चोरी भएको प्रहरीले बताएको छ ।