१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु

राज्यले जनता भड्काएको कारण तीनकुनेमा आतंक मच्चियोः धवल शमशेर जबरा

राज्यले जनता भड्काएको कारण तीनकुनेमा आतंक मच्चियोः धवल शमशेर जबरा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरुको कारण नभई राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गर्नुभएको हो । सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गर्नुभएको छ । प्रसाईं निमुखा जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गर्दै सांसद राणाले राज्यले जनता भड्काएको कारण तीनकुने आतंक भएको जिकिर गर्नुभयो ।

उहाँले उहाँले भन्नुभयो, ‘चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो । दुर्गा प्रसाईंजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँले पनि होइन । राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो । सभामुख महोदय त्यसको लागि पनि हामीले छानविनको माग गरेका छौँ । सरकार छानविन गर्न किन डराइरहेको छ ?’

उहाँले घटनाको निष्पक्ष छानविनका छानविन समिति बनाउन समेत माग गर्नुभयो ।