१९ असार २०८३, शुक्रबार
,
Latest
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई स्कटल्याण्डले जितका लागि १९४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई १९४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनायो।

ओपनर जर्ज मुन्सेले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ७८ रन बनाए। उनले ६ छक्का र ५ चौका प्रहार गरे। ब्र्याण्डन म्याक्मुलेनले ४२, माइकल लिस्कले २६ र म्याथ्यू क्रसले अविजित १७ रन जोडे।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट, सन्दीप लामिछाने, रुपेश सिंह र ललित राजवंशीले १/१ विकेट लिए। नेपाल जारी श्रृंखलामा लगातार तेस्रो जितको खोजीमा छ।

यस्तै, स्कटल्याण्ड २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म एक मात्र टी–२० आई खेल भएको छ, जसमा नेपाल विजयी भएको थियो । नेपाल आज पनि विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ ।