२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिका हस्पिटलका डाक्टरमाथी हातपात



अ+ अ-

झापा । झापाको बिर्तामोडस्थित मेडिका हस्पिटलका डाक्टरमाथी हातपात भएको छ । बिहीबार राति ९ः३० बजे हुल बाँधेर हस्पिटल पुगेएका एक समुहले मेडिकल अफिसर सुधाकर झामाथि आक्रमण गरेका हुन् । 

हस्पिटलका अध्यक्ष हरिशचन्द्र बाँस्तोलाका अनुसार बिर्तामोड नगरपालिका-६ बुट्टाबारीका ८ वर्षे बालक विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे हस्पिटल लगिएको थियो। हस्पिटलका अनुसार बालकको हातको अप्रेसन गरिएको दुई घण्टा पनि नबित्दै त्यहाँ पुगेको उक्त समूहले खाना खाएर कार्यकक्ष नजिक आराम गरिरहेका डाक्टरलाई कुटपिट गरेको बताए। समूहले पहिला बिरामी हेर्न दिनुपर्ने र उपचारमा लागेको रकम डिस्काउन्ट गर्नुपर्ने भन्दै काउन्टरमा रहेकी कर्मचारीसँग विवाद गरेको थियो।

आक्रमणबाट घाइते भएका डाक्टर धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा समेत कार्यरत रहेको बुझिएको छ।

आक्रमणकारी समूहको पहिचान भएको र उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी परिचालित भइसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले बताए। अनुसन्धान प्रभावित हुनसक्ने भन्दै प्रहरीले आक्रमणकारीको नाम गोप्य राखेको छ।