२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्ताे चीन ? युलिनमा कुकुरको मासु खाने १० दिने पर्व शुरु



अ+ अ-

बेइजिङः वन्यजन्तु र घरपालुवा जनावरको मासु खानु मानव स्वास्थ्यका दृष्टिले खतरनाक रहेको भन्दै चीन सरकारले मानिसलाई हतोत्साहित गरे पनि चीनकै गुआङ्सी झुआङ प्रान्तको युलिन नगरमा दश दिने विवादास्पद कुकुरको मासु खाने पर्व शुरु भएको छ ।

यो चाड हरेक वर्ष मनाउने गरिएको छ । यो पर्वमा सहभागी हुन हजारौं मानिस युलिन शहर पुग्ने गरेका छन् । मानिसहरु पकाएको कुकुरको मासु किन्ने, त्यहीँ सहभागी भएर खाने र घर लैजाने गरेको न्यूयोर्क टाइम्सले छापेको छ ।

कुकुरको मासु खान हुँदैन भन्दै अभियान पनि यहाँ चलेको छ । केही समूहको लगातारको प्रचार र कोरोनाभाइरसका कारण यस वर्ष सहभागी हुने मानिसको संख्यामा कमी पनि देखिएको छ ।

पशु अधिकार समूह ह्युमन सोसाइटी इन्टरनेसनलका चिनियाँ नीति विशेषज्ञ पिटर लीले भन्नुभयो, “मेरो विचारमा युलिन शहर परिवर्तन हुनेछ । मानिसको स्वास्थ्य र सुरक्षाका लागि मात्र होइन पशु अधिकारका लागि पनि ।”

उहाँले चाडपर्वका नाममा भिडभाड बजार र रेस्टुराँमा कुकुरको मासु खान र व्यापार गर्न भेला हुन अनुमति दिँदा आम जनताको स्वास्थ्यमाथि नै खेलवाड हुने बताउनुभयो ।

अध्ययनहरुले मध्य चिनियाँ शहर उहानमा चमेरोका कारण मानिसमा कोरोनाभाइरस आएको देखाएका छन् जसले विश्वभर झण्डै ५ लाखको ज्यान लिइसकेको छ, भने संक्रमितको संख्या एक करोड पुग्न लागेको छ । यही कारण चीन सरकारले वन्यजन्तुको व्यापारमाथि कडाई गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

सरकारले वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाउन र घरपालुवा जीवजन्तुको सुरक्षा गर्न नयाँ कानुन ल्याउने तयारी पनि गरेको छ । सरकारले गत फेब्रुअरीमै चमेरो र सर्प जस्ता वन्यजन्तुको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइसकेको छ ।

गत अप्रिलमा शेनझेनले कुकुरको मासु खान प्रतिबन्ध लगाएको थियो । चीनमा कुकुरको मासुमाथि प्रतिबन्ध लगाउने यो पहिलो शहर हो । चिनियाँ कृषि मन्त्रालयले कुकुरलाई पेट्स नभई लाइभस्टकका रुपमा वर्गीकरण गर्ने निर्णय पनि गरेको छ ।

युलिनकी पशु अधिकारकर्मी झाङ क्विनक्विनले पनि युलिन शहरले चाँडै कुकुरको मासु बिक्रीमा प्रतिबन्ध लगाउन सक्ने बताउनुभयो । उहाँको विचारमा चिनियाँ समाजको एक अभिन्न अंग बनिसकेको कुकुरको मासु सेवन तत्कालै रोकिने छैन । यसलाई पूर्ण रुपमा रोक लगाउन केही समय लाग्ने उहाँको भनाई छ । स्राेतः सिजिटिएन