११ श्रावण २०८३, सोमबार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशस्तरीय क्रिकेटमा स्याङ्जा च्याम्पियन



अ+ अ-

कास्की। पोखरामा सञ्चालन भएको गण्डकी प्रदेश तेस्रो संस्करणको पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा नवलपुरलाई चार विकेटले पराजित गर्दै स्याङ्जा च्याम्पियन बन्यो ।

च्याम्पियन भएसँगै स्याङ्जाले नगद रु एक लाख र उपविजेता बनेको नवलपुरले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाए । खेलमा स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १२९ रन बनायो । खेलमा जितका लागि १३० रनको लक्ष्य पछ्याएको स्याङ्जाले १९ ओभरको पाँचौँ बलमा छ विकेटको क्षतिमा लक्ष्य पूरा गर्न सफल भयो ।

नवलपुरका लागि रिजन काफ्ले २५ रन, दीपक डुम्रेले १९ रन बनाएका थिए । स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १८ रन खर्चिएर तीन विकेट लिए । बलिङतर्फ सुजन गौतम, अश्वनी राना, प्रदीप पाण्डेले समान एक–एक विकेट लिए ।

स्याङजाका ईश्वर क्षेत्रीले छ चौकाको मद्दतमा आक्रामक ३० रन प्रहार गरे । त्यस्तै सुजन गौतमले २८ रन र सन्दीप खत्री क्षेत्रीले १४ रन बनाए । अनिश ताम्राकारले ११ र अश्वोनी राणा १३ रनको संयमित ब्याटिङ गर्दै टोलीलाई जित दिलाका हुन् ।

नवलपुरका लागि हिमाल न्यौपाने र कप्तान कमल परियारले समान दुई विकेट लिए । दीपक डुम्रे र सुदीप अर्यालले समान एक–एक विकेट लिए । प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही जेठ ३१ बाट सुरु भएको प्रतियोगितामा आठ जिल्लाको सहभागिता थियो ।

प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’सँगै ‘वेष्ट व्याटर’को उपाधि स्याङ्जाका सन्दीप खत्री क्षेत्रीले हात पारे । उनले नगद रु चार हजार प्राप्त गरे । प्रतियोगितामा विजेता टोली तथा खेलाडीलाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रतियोगिताका संयोजक ऋषिराम गौतम, सङ्घका सचिव सुमनराज कार्की, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरुङलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । रासस