२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

‘मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्का घटना बढिरहेका छन्’

‘मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्का घटना बढिरहेका छन्’
अ अ+ अ-

मोरङ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माणका संरचना बनाउने क्रममा मानवीय त्रुटि हुँदा मनसुनजन्य विपद्का घटना बढिरहेका बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित मनसुनजन्य घटना न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना संवाद कार्यक्रममा उहाँले नीति तथा कानुनको उल्लङ्घन गरी भौतिक पूर्वाधार निर्माण अघि बढाएकाले मनसुनजन्य विपद्को जोखिम बढ्दै गएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “पछिल्ला दिनमा मनसुनजन्य विपद्ले आर्थिक, भौतिक र मानवीय क्षति गरिरहेको छ । यसको मुख्य जिम्मेवारी हामी आफैँ रहेकाले यसप्रति सचेत भई सच्याउनु जरुरी छ ।”

मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मीले समूहगत रूपमा नागरिकका घरमा पुगी सर्पदंश, आगलागी, बाढीपहिरोलगायत विपद्का जोखिमबाट बच्ने उपायका  सम्बन्धमा जनचेतना जागृत गराउनु आवश्यक भएको धारणा राख्नुभयो । उहाँले सरकार मानवीय जीवन, भौतिक संरचना र प्राकृतिक स्रोत जोगाउने विषयमा गम्भीर रहेको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले पाँचवर्षे ‘प्रदेश विपद् व्यवस्थापन रणनीति कार्ययोजना’ कार्य अघि बढाएको जानकारी दिनुभयो । उहाँले प्रदेशका मनसुनजन्य अति जोखिम दुई हजार ४६६ घरपरिवारलाई स्थान्तरण कार्यमा स्थानीय तहको सहयोगमा कार्य सुरु गरिएको उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव रामप्रसाद आचार्यले प्रदेशको विपद् क्षति न्यूनीकरण व्यवस्थापन गर्न रणनीतिक योजना कार्यान्वयनमा आएको जानकारी दिँदै गत जेठ १८ देखि आगामी असोज १४ गतेसम्म प्रदेशमा मनसुनजन्य जोखिम रहेको जल तथा मौसम विज्ञान विभागबाट सूचना प्राप्त भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वसचिव केदार न्यौपानेले ‘मनसुन हिजो, आज र भोलि’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने ‘२०८१ सालको मनसुन चित्रहरूमा’, डिपिनेटका अध्यक्ष डा राजु थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जल तथा मौसम विज्ञान विभाग धरानका रुद्र परियारले ‘२०८२ सालको मनसुन प्रक्षेपण’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गोमा चेम्जोङले ‘सङ्घीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विषयविज्ञ रामकुमार दाहाल र यसप्रसाद सुब्बाले प्रदेशको मनसुनजन्य विपद्सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस