२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए मेरो हजुर ४’को रिलिज सर्ने



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को रिलिज सर्ने भएको छ । आगामी दशैंमा रिलिज हुने भनिएको फिल्म कोरोनाको कारण छायाँकनमै रोकिएकाले रिलिज सर्ने भएको हो । 

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको रोमान्स रहेको ‘ए मेरो हजुर ४’को काम नसकिएकोले दशैंमा रिलिज हुन नसक्ने देखिएको हो ।

छायाँकन नसकिएको र चलचित्र घर पनि नखुलेको अवस्थामा फिल्मको रिलिज दशैंमा हुन्छ भनेर अहिले नै निर्णय लिन नसकिने निर्माता सुनिलकुमार थापाले बताए ।

फिल्मको छायाँकन चलिरहेको समयमा लकडाउन भएपछि अहिले ३० प्रतिशत मात्र छायाँकन सकिएको र अझै फिल्मको छायाँकन कहिलेदेखि सुरु हुने निर्माण टिम नै अन्योलमा रहेको छ ।

झरना थापाको निर्देशन रहने फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।