५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट जनमुखी छ-प्रदीप यादव



जनता समाजवादी पार्टीका उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादव ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आज सुरु भएको पार्टीको प्रथम सङ्घीय परिषद्को प्रथम बैठकमा धारणा राख्नुहुँदै । तस्बिर: विमलबहादुर विष्ट/रासस
अ+ अ-

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले सरकराले ल्याएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित जनता समाजवादी पार्टीको प्रथम सङ्घीय परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो, “बजेट मन्त्री मुखी र क्षेत्रमुखी बनायो  भन्ने केहीले हल्ला चलाएका छन् । त्यो गलत हो, यस पटकको बजेट जनमुखी, समावेशी र विकासमुखी छ ।”

वर्तमान सरकारको प्राथमिकता ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा पुर्‍याउने रहेको बताउँदै मन्त्री यादवले खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा बजेटले विशेष ध्यान दिएको जानकारी दिनुभयो ।

उहाँले बजेटले मुलुकको आर्थिक सुधार, रोजगारी सृजना, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै सबैले सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो । रासस