५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

६१ किलो सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोक्का पक्राउ



अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरणमा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छिन् । रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

६१  किलो सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेपछि उनी फरार रहेकी थिईन् । प्रहरीले अमला रोक्काविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।

सोही मुद्दामा उनका पति तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र अन्य थुनामा रहेका छन् । प्रहरीले रोक्कालाई फरार सूचीमा राखेर अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।

२ साउन २०८० मा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।