२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

एसिसी यु–१६ इस्ट जोन कपको उपाधि जित्छौं– कप्तान विपिन शर्मा

एसिसी यु–१६ इस्ट जोन कपको उपाधि जित्छौं– कप्तान विपिन शर्मा
अ अ+ अ-

काठमाडौँ । नेपाली यु–१६ क्रिकेट टोलीका कप्तान विपिन शर्माले मलेसियामा हुने एसिसी यु–१६ इस्ट जोन कपको उपाधि जितेर घर फर्कने बताएका छन् ।

आगामी जुन २२ देखि जुलाई ५ सम्म मलेसियाको बाङ्गीमा ५० ओभरको एसिसी यु–१६ इस्ट जोन कप हुँदैछ । उक्त कपमा नेपालसहित १० राष्ट्रले चुनौती प्रश्तुत गर्नेछन् । नेपाल गत संस्करणको च्याम्पियन पनि हो । यसै प्रतियोगिताका लागि खेल्न जाने बिदाइ कार्यक्रममा विपिनले नेपाल यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन रहेको र यस प्रतियोगिता जित्ने लक्ष्यसहित जाने बताए ।

उनले यु–१६ टोलीका लागि यो प्रतियोगिताले राम्रो गर्ने विश्वास पनि व्यक्त गरे । यस कपमा १० राष्ट्रले प्रतिस्पर्धा गर्ने र उत्कृष्ट प्रदर्शन गर्ने टोली नेपाल हुने उनको विश्वास छ । कप्तान विपिनले ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा राम्रो रहेकाले सन्तुलित टोली बनेको बताएकाछन् । सबै खेलाडीहरू राम्रो लयमा रहेको उनी बताउँछन् । उनले पछिल्लो समय खेलाडीहरू विभिन्न प्रतियोगितामा व्यस्त रहेको उल्लेख गरे । टोलीमा राम्रो तामेल पनि मिलिरहेको उनीबताउँछन् । त्यसैले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेमा कप्तान विपिन विश्वस्त छन् ।

टोलीमादुई जना लेप्ट आर्म स्पिनर र एक जना फास्ट बलर पनि रहेको उनले उल्लेख गरेका छन् । समूह‘बी’ मा मलेसिया र हङकङ राम्रो टोली हुन सक्ने विपिनले औंल्याए । तर, पनि उनीहरूलाई हराउनेमा उनी विश्वस्त देखिए । पहिलो पल्ट कप्तान हुँदा दबाब हुने भए पनि यसलाई अवसरको रूपमा लिएर अगाडि बढ्ने उनको लक्ष्य छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यु–१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको शुक्रबार एक कार्यक्रमका बीच बिदाइ गरेको थियो । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का र प्रवक्ता छुम्बी लामालगायतले टोलीलाई बिदाइ गरेका थिए । सोअवसरमा नेपाली टोलीका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जसरी पनि उपाधि जित्ने बताए । प्रशिक्षणका लागि कम समय पाए पनि खेलाडीले एक महिनादेखि जिल्लास्तरिय हुँदै राष्ट्रिय प्रतियोगिता खेलिरहेको हुँदा सहज भएको उनी बताउँछन् । उनले सबै जान फिट रहेको बताए । टोली सन्तुलित रहेकाले राम्रो प्रदर्शन गर्नेमा उनी विश्वस्त छन् । त्यसैले पनि उपाधि लिएर फर्किने उनले बताए ।

नेपाल प्रतियोगिताको साबिक विजेता हो । सन् २०२३ मा भएको पछिल्लो संस्करणको फाइनलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । यस संस्करणमा यी दुईसहित भुटान,इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्याण्डले सहभागिता जनाउने छन् । नेपाल समूह ‘ए’ मा छ । यस समूहमा सिंगापुर इन्डोनेसिया,भुटान र जापान छन् । अर्को समूह ‘बी’ मा मलेसिया, थाइल्याण्ड, हङकङ, माल्दिभ्स र म्यानमार छन् ।

नेपालले जुन २२ मा सिंगापुरसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।नेपालले जुन २४ मा जापान, २९ मा इन्डोनेसिया जुलाई १ मा भुटानको सामना गर्नेछ । नेपाली टोलीमा विपिनप्रसाद शर्मा (कप्तान), रौनक श्रीवास्तव, अभय यादव, प्रसिद्ध जैसी,शूर्यान्सु कोइराला (उपकप्तान), जोय थापा, सचिन भट्ट, सुगम बुढाथोकी, शिवांश बजगाईं (विकेटकिपर) ,सुयोग भट्टराई, सुशीलबहादुर रावल, सुभम खनाल, परिमर्जन यादव (विकेटकिपर) र रोशन साही छन् ।