२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगनाको अर्को कडा कदम, ‘माफिया’ भन्दै नायीकाहरुको तस्बिर सार्वजनिक गरेपछि बलिउडमा हंगामा



अ+ अ-

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा गरेको एउटा पोष्टले फेरी बलिउडमा हंगामा भएको छ । उनले बलिउडमा परिवारवाद हावी भएको र केही परिवारको कब्जामा पुरै बलिउड भएका कारण अभिनेता सुशान्त सिंह राजपूतले आफ्नो जिवन त्याग गरेको भन्दै गहिरो अनुसन्धानको माग राखेकी थिइन् ।

उनको भिडियो सन्देश पछि बलिउडमा अहिले परिवारवादको वहस चर्को रुपमा उठेको छ । बुवा आमा निर्देशक भएका कारण फिल्ममा अवसर पाएका अभिनेता र अभिनेत्रीहरुको फिल्म वहिष्कार अभियान सामाजिक सञ्जालमा बढ्न थालेको छ । सामाजिक सञ्जालमा पनि उनीहरुका फलोअर्स घटेका छन् । कतिले सामाजिक सञ्जाल चलाउन बन्द गरिदिएका छन् । अहिले फेरी उनले एउटा पोष्ट गरेकी छन् जसले बलिउडमा अर्को भुइचालो आएको छ ।

उनको यो पोष्ट पछि नातावाद र परिवारवादको यो मुद्दा अब यत्तिकै रोकिने अवस्थामा नपुग्ने देखिएको छ । दर्शकले लगातार सलमान खान, शाहरुख खान, करण जोहरजस्ता सेलिब्रेटीको विरोध गरिरहेका छन् । बलिउड अभिनेत्री कंगना रनावतले पनि खुलेर विरोध जनाएकी छिन् ।

हालै कंगनाले केही नायिकाहरुका पुराना तस्वीर शेयर गर्दै ‘फिल्म माफिया’ भन्दै लेखेकी छन् । जसका कारण अन्य राम्रा कलाकारले अवसर नपाएको उनको भनाई छ ।