८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सूचीबाट हट्नु दुःखद्ः एमाले प्रमुख सचेतक बर्तौला

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सूचीबाट हट्नु दुःखद्ः एमाले प्रमुख सचेतक बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमावली वमोजिम निर्धारण भएपनि सूचिबाट हटाइनु दुःखद् भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले नियमावलीमै व्यवस्था भएको विषयमा रास्वपाले अर्घेल्याई गर्नु दुःखद् भएको बताउनुभएको हो ।

संसदमा रास्वपाको विरोध जारी रहेको अवस्थामा प्रधानमन्त्रीलाई रोष्टममा पु¥याएर नाराबाजी गराउने विषय शोभनीय नदेखिने अवस्थामा सभामुखले कार्यसूचि हेरफेर गर्नुभएको उहाँको दाबी थियो । उहाँले अध्यागमन प्रणाली र भिजिट भिषा प्रकरणमा प्रमुख प्रतिपक्षी दलसँग भएको दुई बुँदे सहमतिमा सबै कुरा समेटिएको दावी गर्दै अब रास्वपाले मागेको के हो भन्दै प्रश्न गर्नुभयो । संसदीय लोकतान्त्रिक प्रणालीमा विपक्षी दल मुख्य कुरा भएपनि उनीहरुसँग हुने समझदारी मुख्य विषय हुने भन्दै रास्वपा संसदीय प्रणालीमा आएपनि पद्धति र संस्कारमा अभ्यस्त हुन नसकेको बर्तौलाको आरोप थियो ।

उहाँले भन्नुभयो, ‘संसदको अबरोध राष्ट्रिय स्वतन्त्र पार्टीले कायम राखिराखेको छ । संसदको नियमित कार्यबाही अगाडि बढ्छ । उहाँहरुले के बुझ्नुपर्छ भने विपक्षी दलसँग दुई बुँदे सहमति जे भयो त्यही भित्रबाट समस्याको समाधान हुन्छ । हामीले प्रष्ट भनेका छौं दुई बुँदे सहमति तपाईहरुले एकपटक राम्रोसँग अध्ययन गर्नुभयो भने अध्यागमन प्रणालीमा र भिजिट भिषा प्रकरणमासमेत वृहद अध्ययन गर्ने, त्यसको छानविन गरि त्यो क्षेत्रको प्रशासनिक, संरचनागत, कानुनी र नीतिगत सुधारका लागि सरकारले काम गर्नेछ भनेर लिखतमा पनि भन्यो, प्रतिबद्धतापनि व्यक्त ग¥यो । र, एक महिनाभित्र त्यस वमोजिम उपयुक्त संरचना बनाउँछु भनेर गृहमन्त्रीले संसदबाट बोलिसकेपछि यो भन्दा बढी रास्वपाले मागेको के हो ? विपक्षी दलसँग भएको सम्झौता, सहमति र परामर्श वमोजिम नै सदन अगाडि बढ्नुपर्छ प्रमुख प्रतिपक्षी दल अहिले सदन चलाउन र नियमित काम कारबाहीको प्रक्रियामा सहज ढंगले उपस्थित भएको छ ।’

‘संसदीय लोकतान्त्रिक प्रणालीमा विपक्षी दल मुख्य कुरा हो, उसँगको समझदारी नै मुख्य विषय हो । र सबै दल विशेष वा सबै व्यक्ति विशेषसँगको सहमति, सम्झौताको रेस्पोन्स भन्नेकुरा संसदीय व्यवस्थामा कम हुन्छ । तर, उहाँहरुले उठाएको मुद्दा सरकारले सुन्छ कि सुन्दैन भन्दा सुन्नेमात्र होइन कार्यान्वयन गर्न तयार छ । जब कार्यान्वयन गर्ने कुरा भनिसक्यो त्यसपछि पनि रास्वपा जुन ढंगबाट विरोधमा लागिरहेको छ र प्रधानमन्त्रीको आजको प्रश्नोत्तर कार्यक्रम भनेको नियमावली बमोजिम निर्धारण भएको विषय हो । यसमा आज उहाँले बोल्न पाउनुभएन, अवरोध सिर्जना भयो, अबरोधकाबीचमा प्रधानमन्त्रीलाई रोष्ट्रममा पु¥याएर नाराबाजी गराउने कुरा त्यो संसदमा शोभनीय देखिएन भन्ने लाग्यो सभामुखलाई उहाँले कार्यसूची हेरफेर गरिदिनुभो । अर्थात आज सूचीबाट हटाउनुभयो अब चाहेर पनि सदनमा प्रधानमन्त्रीलाई यही प्रयोजनका लागि बोलाउन सक्दैनौं । जब नियमावलीमै व्यवस्था भएको विषयमा समेत यस विषयमा अर्घेल्याई गरेर रास्वपाले जे व्यवहार प्रदर्शन ग¥यो यो दुःखद् छ । उहाँहरु संसदीय प्रणालीमा आएपनि तर पद्धति र संस्कारलाई आपूmलाई अभ्यस्त गराउने कुरा गर्न सक्नुभएको छैन । उहाँहरु बाहिर स्टण्ट गरिरहनुभएको छ ।’

उहाँले रास्वपाले उठाएको मुद्दा सुन्छ कि सुन्दैन भनिरहनुभन्दा सरकारले सुन्नेमात्र हैन कार्यान्वयन गर्नसमेत तयार रहेको दाबी गर्नुभयो ।