१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको चासो



अ+ अ-

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीले कालो वस्त्र र नीलो रिबन लगाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखउनुभएको छ ।

संसदमा संसद बैठक शुरु हुन लाग्दा रास्वपाका सांसदहरुले कालो वस्त्र र नीलो रिबन लगाएर संसदमा उपस्थित भएको देखेपछि प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभएको थियो । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मानव तस्करीको विरोधमा आफूहरुले कालो वस्त्र र निलो रिबन लगाएको जानकारी दिनुभएको सांसद मनिष झाले बताउनु भयो । उहाँले नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत भएको बताउनु भयो ।

प्रधानमन्त्रीलाई वस्त्रबारे जानकारी गराइसकेपछि प्रधानमन्त्रीले शुभकामना दिनुभएको पनि सांसद झाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत हो । हामीले यो लगाएका छौँ । साथै कालो ड्रेस लगाएका छौँ । हामीले विगत २२ दिनदेखि विरोध गरिरहेका छौँ । लगभग १५ वटा बैठकमा विरोध गरेका छौँ । आज पनि निरन्तरता दिएका छौँ । विरोधको अर्को संकेत सबैले कालो वस्त्र पनि लगाएका छौँ । २२ दिनसम्म पनि आन्दोलन गर्दा देशको अभिभावक प्रधानमन्त्रीज्युको यसबारेमा कुनै वक्तव्य आएको छैन । आज संसदमै जम्काभेट भयो प्रधानमन्त्रीज्युसँग । उहाँले किन स्तो ड्रेस भनेर जिज्ञासा राख्नुभयो । हामीले मानव तस्करविरुद्धको बिरोधमा हामी छौँ भनेर जानकारी गरायौँ । उहाँले शुभकामना दिनुभयो ।’

२२ दिनसम्म आन्दोलन चल्दासमेत सरकारले चासो नदिँदा कालो वस्त्र लगाएर विरोध गर्नुपरेको बताउनु भयो ।