८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

रास्वपाको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको चासो

रास्वपाको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको चासो
अ अ+ अ-

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीले कालो वस्त्र र नीलो रिबन लगाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखउनुभएको छ ।

संसदमा संसद बैठक शुरु हुन लाग्दा रास्वपाका सांसदहरुले कालो वस्त्र र नीलो रिबन लगाएर संसदमा उपस्थित भएको देखेपछि प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभएको थियो । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मानव तस्करीको विरोधमा आफूहरुले कालो वस्त्र र निलो रिबन लगाएको जानकारी दिनुभएको सांसद मनिष झाले बताउनु भयो । उहाँले नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत भएको बताउनु भयो ।

प्रधानमन्त्रीलाई वस्त्रबारे जानकारी गराइसकेपछि प्रधानमन्त्रीले शुभकामना दिनुभएको पनि सांसद झाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत हो । हामीले यो लगाएका छौँ । साथै कालो ड्रेस लगाएका छौँ । हामीले विगत २२ दिनदेखि विरोध गरिरहेका छौँ । लगभग १५ वटा बैठकमा विरोध गरेका छौँ । आज पनि निरन्तरता दिएका छौँ । विरोधको अर्को संकेत सबैले कालो वस्त्र पनि लगाएका छौँ । २२ दिनसम्म पनि आन्दोलन गर्दा देशको अभिभावक प्रधानमन्त्रीज्युको यसबारेमा कुनै वक्तव्य आएको छैन । आज संसदमै जम्काभेट भयो प्रधानमन्त्रीज्युसँग । उहाँले किन स्तो ड्रेस भनेर जिज्ञासा राख्नुभयो । हामीले मानव तस्करविरुद्धको बिरोधमा हामी छौँ भनेर जानकारी गरायौँ । उहाँले शुभकामना दिनुभयो ।’

२२ दिनसम्म आन्दोलन चल्दासमेत सरकारले चासो नदिँदा कालो वस्त्र लगाएर विरोध गर्नुपरेको बताउनु भयो ।