२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री त्यागेर पार्टी निर्माणमा लागेको मान्छे हुँः मन्त्री सुडी



अ+ अ-

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुडीले मन्त्री पद त्यागेर आफू पार्टी निर्माणमा लागेको बताउनुभएको छ ।

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मन्त्री पदमा हुँदाहुँदै पनि उपेन्द्र यादवको पार्टीलाई त्याग गरेर अशोक राई नेतृत्वको पार्टी निर्माणमा जुटेको बताउनु भयो । अग्रजहरुले बलिदानी दिएर ०७२ सालको संविधान आएको भन्दै यसको मूल्यांकन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले मन्त्री पदमा हुँदाहुँदै उपेन्द्र यादवको पार्टीलाई त्याग गरेको थिएँ । मन्त्री पद लातले टुक्राएर म आदरणीय अशोकजीलाई सहयोग गरेको थिएँ, पार्टी बनाउन । धेरै कुरा छ । हाम्र अग्रजहरुले बलिदानी दिएर ०७२ सालको संविधान आएको हो । हामी मूल्यांकान गरौँ, ०७२ सालको संविधानको अवस्था र आजको अवस्था । राजाको व्यवस्थाकाविरुद्ध बोल्दा तुरुन्त जेल हुन्थ्यो । तर आज हामी स्वतन्त्र छौँ । आज प्रधानमन्त्री, राष्ट्रपति जसलाई पनि विरोध गर्नसक्छौँ । त्यो अधिकार छ ।’

मन्त्री सुडीले आफू मन्त्री भएपछि दुई अर्ब ८ करोडको बजेट ल्याउन सफल भएको र यसअघि १ अर्बको मात्रै बजेट रहेको बताउनु भयो ।