२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री त्यागेर पार्टी निर्माणमा लागेको मान्छे हुँः मन्त्री सुडी



अ+ अ-

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुडीले मन्त्री पद त्यागेर आफू पार्टी निर्माणमा लागेको बताउनुभएको छ ।

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मन्त्री पदमा हुँदाहुँदै पनि उपेन्द्र यादवको पार्टीलाई त्याग गरेर अशोक राई नेतृत्वको पार्टी निर्माणमा जुटेको बताउनु भयो । अग्रजहरुले बलिदानी दिएर ०७२ सालको संविधान आएको भन्दै यसको मूल्यांकन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले मन्त्री पदमा हुँदाहुँदै उपेन्द्र यादवको पार्टीलाई त्याग गरेको थिएँ । मन्त्री पद लातले टुक्राएर म आदरणीय अशोकजीलाई सहयोग गरेको थिएँ, पार्टी बनाउन । धेरै कुरा छ । हाम्र अग्रजहरुले बलिदानी दिएर ०७२ सालको संविधान आएको हो । हामी मूल्यांकान गरौँ, ०७२ सालको संविधानको अवस्था र आजको अवस्था । राजाको व्यवस्थाकाविरुद्ध बोल्दा तुरुन्त जेल हुन्थ्यो । तर आज हामी स्वतन्त्र छौँ । आज प्रधानमन्त्री, राष्ट्रपति जसलाई पनि विरोध गर्नसक्छौँ । त्यो अधिकार छ ।’

मन्त्री सुडीले आफू मन्त्री भएपछि दुई अर्ब ८ करोडको बजेट ल्याउन सफल भएको र यसअघि १ अर्बको मात्रै बजेट रहेको बताउनु भयो ।