२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी सांसद पौडेलले भने– समाजवादतर्फ सरकारको दृढ इच्छाशक्ति देखिएन



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समाजवादको लक्ष्य अनुरूप दृढतापूर्वक बजेट विनियोजन नभएको बताउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समाजवादलाई साझा सपना, सङ्कल्प र लक्ष्यका रूपमा व्याख्या सरकारमा त्यसअनुसारको दृढ इच्छाशक्ति नदेखिएको टिप्पणी गर्नुभयो । समाजवादका साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य प्राप्तिको लागि सरकारको इच्छाशक्ति र दृढ सङ्कल्प नहुनु दुःखद भएको बताउनु भयो । उहाँले समाजवादको लक्ष्य अनुरूप बजेट नआएकी कारण सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, नारा र बहिष्कार चलिरहेको जिकिर गर्नुभयो । उहाँले बजेटले उक्त कुराको दिशावोध नगर्नु समेत दुःखद भएको बताउँदै आफूले बजेटमा देश निर्माणको सपना खोजी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “समाजवाद हामी सबैको साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य हो ।  त्यसको लागि इच्छाशक्ति र दृढ सङ्कल्प चाहिन्छ । यो सरकार म दुःख नमानी भन्नुपर्छ, त्यो दृढ इच्छाशक्ति प्रकट भएन । यदि यो बजेट साँच्चिकै समाजवादको लक्ष्य अनुरूप दृढता पूर्वक आएको हुन्थ्यो भने यो सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, कोही नारा, कोही बहिष्कार हुने थिएन । बाहिर सडकमा राजनीतिक पार्टीहरू, बौद्धिक समुदाय, सेना, प्रहरी, निजामती, शिक्षक, प्राध्यापक, निजी क्षेत्र, व्यवसायी सबै एकजुट भएर बजेट कार्यान्वयनको सङ्कल्पसहित एकजुट भएर अगाडी बढ्थेँ । यो बजेटले त्यो दिशा बोध नगरेको हुँदा खेरी हामी छलफल  बहसको क्रममा छौँ । पक्ष र प्रतिपक्षी होइन, देश निर्माणको सपना खोजी रहेको छु, त्यो भेटिएन ।”  

उहाँले बजेटले सरकारमा आशा जगाउन नसकेको जिकिर गर्नुभयो । –