६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी सांसद पौडेलले भने– समाजवादतर्फ सरकारको दृढ इच्छाशक्ति देखिएन



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समाजवादको लक्ष्य अनुरूप दृढतापूर्वक बजेट विनियोजन नभएको बताउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समाजवादलाई साझा सपना, सङ्कल्प र लक्ष्यका रूपमा व्याख्या सरकारमा त्यसअनुसारको दृढ इच्छाशक्ति नदेखिएको टिप्पणी गर्नुभयो । समाजवादका साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य प्राप्तिको लागि सरकारको इच्छाशक्ति र दृढ सङ्कल्प नहुनु दुःखद भएको बताउनु भयो । उहाँले समाजवादको लक्ष्य अनुरूप बजेट नआएकी कारण सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, नारा र बहिष्कार चलिरहेको जिकिर गर्नुभयो । उहाँले बजेटले उक्त कुराको दिशावोध नगर्नु समेत दुःखद भएको बताउँदै आफूले बजेटमा देश निर्माणको सपना खोजी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “समाजवाद हामी सबैको साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य हो ।  त्यसको लागि इच्छाशक्ति र दृढ सङ्कल्प चाहिन्छ । यो सरकार म दुःख नमानी भन्नुपर्छ, त्यो दृढ इच्छाशक्ति प्रकट भएन । यदि यो बजेट साँच्चिकै समाजवादको लक्ष्य अनुरूप दृढता पूर्वक आएको हुन्थ्यो भने यो सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, कोही नारा, कोही बहिष्कार हुने थिएन । बाहिर सडकमा राजनीतिक पार्टीहरू, बौद्धिक समुदाय, सेना, प्रहरी, निजामती, शिक्षक, प्राध्यापक, निजी क्षेत्र, व्यवसायी सबै एकजुट भएर बजेट कार्यान्वयनको सङ्कल्पसहित एकजुट भएर अगाडी बढ्थेँ । यो बजेटले त्यो दिशा बोध नगरेको हुँदा खेरी हामी छलफल  बहसको क्रममा छौँ । पक्ष र प्रतिपक्षी होइन, देश निर्माणको सपना खोजी रहेको छु, त्यो भेटिएन ।”  

उहाँले बजेटले सरकारमा आशा जगाउन नसकेको जिकिर गर्नुभयो । –