१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरोध जारी रहेसँगै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाइयो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाइएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठेर विरोध जनाएसँगै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले कार्यसूचिबाट हटाइएको सभामुख देवराज घिमिरेले बताउनु भयो ।

सभामुख घिमिरेले रास्वपा र राप्रपा सांसदहरुलाई बारम्बार संसदमा अवरोध नगरी आसनग्रहण गर्न आग्रह गर्नुभयो । तर रास्वपा र राप्रपाले विरोध जारी राखेपछि आजको लागि प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाइएको सभामुखले जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरु संसदमा समय लिएर बोल्नुपर्छ । संसदलाई नियमवद्ध रुपमा सञ्चालन गर्नुपर्छ भनेर नियम बनाएका छौँ । आज हाम्रो विनियोजन शिर्षकमाथिको छलफल जारी रहन्छ । त्यो भन्दाअघि प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्छ । माननीय सदस्यहरुको विरोध र असहयोगका साथै यहाँको वातावरण उचित ढंगको नभएको हुँदा म आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले गर्दा कार्यसूचिबाट हटाएको व्यहोरा जानकारी गराउँछु ।’

संसदलाई नियमवद्ध रुपमा अघि बढाउनुपर्ने बताउनु भयो ।