१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालो लुगा र नीलो स्काप लगाएर सदन पुगे रास्वपाका सांसदहरु



अ+ अ-

काठमाडौं । रास्वपाका सांसदहरू कालो लुगा र नीलो स्काप लगाएर संसद् भवन पुगेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै उनीहरुले विरोधस्वरुप उक्त ड्रेस कोड लगाएका हुन् ।

मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भन्दै विरोधमा नीलो स्काप र कालो पोशाक लगाएर आएको प्रवक्ता मनिष झाले बताए ।

‘हामी २२ दिनदेखि आन्दोलनरत छौँ । मानव तस्करीको विरोधस्वरुप निलो रिबन र कालो ड्रेस लगाएर आएका हौँ ।’उनले भने, ‘यो केवल रङ होइन, नागरिकको आवाज हो । मानव तस्करविरुद्धको आन्दोलन जारी छ ।’

अहिले रास्वपाको नाराबाजी बाबजुद पनि सभामुखले सदनको कारबाही अघि बढाइरहेका छन् ।