२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेटिङ गएकी २१ वर्षीया युवतीले अपहरणमा परेको बाहान बनाएपछि…



अ+ अ-

काठमाडौं । अभिभावकलाई छलेर डेटिङमा जानेहरु धेरै हुन्छन् तर भारतकी एक युवतीले भने प्रेमीसंग घण्टौ डेटिङमा रहेको बताउन नसकेर अभिभावकलाई आफू अपहरणमा परेको बाहान बनाएको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जसका कारण प्रहरी प्रशासन सहित अपराध शाखामा समेत हंगामा भएको थियो । भारतको नागपुरकी २१ बर्षिय एक युवती आफ्नो प्रेमीसँग लामो समय डेटिङमा थिइन् ।

ढिलो घर पुगेपछि परिवारका सदस्यले उनलाई ढिलो आउनुको विषयमा केरकार गर्न थाले । उनले आफू डेटिङमा रहेको बताउन सकिनन् र आत्तिदै कलेजबाट फर्कदा चारजना पुरुषको समुहले अपहरण गरेको र त्यहाँबाट भाग्न सफल भएको बताइन् ।

युवतीका परिवारजनले तत्काल गिट्टीखदान प्रहरी चौकिमा छोरी अपह’रणमा परेको निवेदन दिए । युवती अपहरणमा परेको निवेदन परेपछि प्रहरीले बेलुकी ८ बजेबाट हरेक नाकामा प्रहरीले सक्रियता बढायो । तर अपहरणकारीको कुनै सुराक पत्ता लगाउन सकेन । अब प्रहरीलाई युवतीमाथि नै शंका भयो । तब उनीहरुले कलेजका आसपासमा रहेको सीसीटिभी फुटेज जाँच गरे । जहाँ युवती एक युवकका साथ मोटरसाइकलमा सवार भइ गएको देखियो ।

जब सीसीटिभी फुटेज बाहिरियो तब मात्र युवतीले अपहरणमा परेको कहानी झुटो भएको स्वीकारिन् । प्रहरीका अनुसार उनी कलेजबाट आफ्नो प्रेमीका साथ डेटिङ गएकि थिइन् । डेटिङमा लामो समय बिताएपछि उनका प्रेमीले ती युवतीलाई घरअघि सम्म पुर्याएका थिए । यसरी घण्टौ डेटिङमा रहेको कारण परिवारजनले गाली गर्ने भन्दै त्यसबाट बच्न उनले आफू अपह’रणमा परेको झुटो कहानी सुनाएकी थिइन् ।