११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित



अ+ अ-

काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।

बिहीबार ग्लासगोमा सम्पन्न खेलमा नेपालको जित ओपनर कुशल भुर्तेलको अर्धशतक र सन्तुलित टोलीगत योगदानको बलमा सम्भव भयो। टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको थियो।

उसको इनिङ्सको आकर्षण बने माइकल लेभिट, जसले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८६ रनको इनिङ्स खेले। रोइलोफ भान डेर मार्वेले ३६ रनको सहयोगी पारी खेले।

नेपालका लागि करण केसीले दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले समान एक–एक विकेट लिए।

जवाफमा नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। कुशल भुर्तेलले ५१ बलमा ६ चौकासहित ६१ रन बनाएर इनिङ्सलाई सशक्त सुरुआत दिए। आरिफ शेखले ३९ रन बनाए, यद्यपि उनी रिटायर्ड हर्ट हुन पुगे। भीम सार्कीले २७ रन बनाए भने दीपेन्द्रसिंह ऐरी र लोकेश बमले अन्त्यमा संयमित ब्याटिङ गर्दै नेपाललाई जितको गन्तव्यमा पुर्‍याए।