२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित



अ+ अ-

काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।

बिहीबार ग्लासगोमा सम्पन्न खेलमा नेपालको जित ओपनर कुशल भुर्तेलको अर्धशतक र सन्तुलित टोलीगत योगदानको बलमा सम्भव भयो। टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको थियो।

उसको इनिङ्सको आकर्षण बने माइकल लेभिट, जसले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८६ रनको इनिङ्स खेले। रोइलोफ भान डेर मार्वेले ३६ रनको सहयोगी पारी खेले।

नेपालका लागि करण केसीले दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले समान एक–एक विकेट लिए।

जवाफमा नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। कुशल भुर्तेलले ५१ बलमा ६ चौकासहित ६१ रन बनाएर इनिङ्सलाई सशक्त सुरुआत दिए। आरिफ शेखले ३९ रन बनाए, यद्यपि उनी रिटायर्ड हर्ट हुन पुगे। भीम सार्कीले २७ रन बनाए भने दीपेन्द्रसिंह ऐरी र लोकेश बमले अन्त्यमा संयमित ब्याटिङ गर्दै नेपाललाई जितको गन्तव्यमा पुर्‍याए।