२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा विवादबारे छलफल गर्दै नेकपा स्थायी कमिटी बैठक सकियो, भोलि ११ बजे फेरि बस्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको शुक्रबारको नेकपा स्थायी समिति बैठक सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सीमा विवाद तथा समस्या समाधानका लागि भारतसँग भएका प्रयासका बारेमा शुक्रबार छलफल भएको छ । नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्र समेटेर नक्सा जारी गरी संविधान संशोधन भइसकेको सम्बन्धमा बैठकमा चर्चा भएको बताउनुभयो । बैठकमा भूमि फिर्ता लिन गरिएका प्रयासबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी गराउनुभएको समेत उहाँले बताउनुभयो । परराष्ट्र मन्त्री ज्ञवालीले भारतसँग भएका विभिन्न बेलाका सन्धि, सम्झौता र छलफलको प्रगतिको विषयमा जानकारी गराउनुभएको थियो । लिम्पियाधुरा, लिपुलेक र कालामानी क्षेत्रको समस्या समाधानका लागि वार्ता गर्न नोभेम्बर, डिसेम्बर र जनवरीमा गरी तीनपटक सम्म पत्र पठाउँदा समेत भारतले चासो नदेखाएको मन्त्री ज्ञवालीले बैठकलाई जानकारी गराउनुभएको मन्त्री भट्टराईले बताउनुभयो ।

मन्त्री ज्ञवालीले कोभिड १९ को महामारी कम भएपछि मात्रै वार्तामा बस्ने अनौपचारीक जानकारी आएको बताउनुभएको थियो । यस्तै छिमेकी चीनसँग पछिल्लो समय सञ्चारमाध्यममा आएजस्तो कुनै सीमा समस्या नरहेको जानकारी समेत गराउनुभएको थियो । बैठकमा सीमा क्षेत्रमा डुवानको समस्या, अपराधिक गतिविधि, लगायतका विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बैठकमा जानकारी गराउनुभएको थियो । बैठकमा विभिन्न १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका छन् । नेताहरुले नेपालको अतिक्रमित भूमि समेटेर सरकारले जारी गरेको नक्साको प्रशंसा गर्दै भूमि फिर्ताका लागि कूटनीतिक सम्वादमा जानुपर्ने नेताहरुले बताए । बैठक शनिबार ११ बजे बस्ने गरी सम्पन्न भएको छ ।