१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु

नेतृत्व गर्ने मान्छेले खुट्टा कमाएर अब मुलुक बन्न सक्दैनः सांसद भण्डारी

नेतृत्व गर्ने मान्छेले खुट्टा कमाएर अब मुलुक बन्न सक्दैनः सांसद भण्डारी
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले नेतृत्वमा रहेकाहरुले खुट्टा कमाएमा मुलुक बन्न नसक्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले विनियोजित विधेयकमाथि सात वटा विषयमा छलफल गर्ने भनेर दलीय आधारमा समय मागेपनि अचानक तीन वटा विषयमा मात्र छलफल गर्ने भनिनु सांसदको कमजोरी नभएको स्पष्ट पार्नुभयो ।

शिक्षा, रोजगारी र दलालीको चंगुलमा परेर युवाहरु विदेश पलायन भइरहेको अवस्थामा बजेट ल्याउनु आवश्यक नभएको भन्दै बजेट भन्दा पनि आवश्यकतातर्फ गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद भण्डारीले विधिको शासन, मुलुकको प्रगति र जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौं भनेर व्यवस्था ल्याएको पनि ३४ वर्ष बितिसकेको भन्दै संसदमा देखिएका असहमतिको समाधानका निमित्त सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो गरिमामय सदनमा मुलुकलाई अगाडि बढाउने, जनताको जीवनस्तर उठाउने र जनतालाई विश्वको मानचित्रमा मुलुकलाई पहिचान दिनसक्ने यो बजेट र यसमा निर्धारित विषयहरुको बारेमा छलफल गर्न गइरहेका छौं । हामीले सात वटा विषयमा विनियोजित विधेयकमा छलफल गर्ने भनेका थियौं । त्यहीअनुसार हामी तयारी गरेर दलगत रुपमा समय मागेका थियौं । तर, अहिले आएर एक्कासी तीनवटा विषयमामात्र कुरा गर्ने भन्दा कुनैपनि व्यक्तिले अब अरु विषयमा बोल्ने कि नबोल्ने त्यो सम्बन्धित माननीयहरुको कमजोरी होइन । तसर्थ, यससँग सम्बन्धित रहेर अरु विषयमा आफ्ना कुरा राख्ने अनुमति चाहन्छु । हामी ३४ वर्ष भयो, यो देशमा विधिको शासन, मुलुकको प्रगति र जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौं भनेर लिएर आएका हौं । आज म भाग्यले यहाँ उपस्थित भएको छु, यही उद्देश्यका निम्ति मेरा धेरै साथीहरुले ज्यान गुमाए, धेरै साथीहरु अपांग भए मैले आज उहाँहरुको पनि प्रतिनिधित्व गर्नुपर्ने अवस्था छ । जुन संसदमा छलफल गर्ने हो त्यसमा हामीहरुबीच असहमति हुनुभएन । कोही हामी कुर्सीमा बसेका छौं, कोही बोलिरहेका छौं, कोही तल पलेटी मारेर बसिरहनुभएको छ । यो के हो ? यसको समाधानका निम्ति सरकारलाई आग्रह गर्न चाहन्छु ।’

‘यो नाटकले, यो प्रवृत्तिले मुलुक अगाडि बढ्न सक्दैनौं । भोलि उज्यालो होला, भोलिको दिनमा सम्मान होला, भोलि प्रकाश आउँला भन्ने आशाले हामी बाँचिरहेका छौं । तर, हाम्रा युवाहरु शिक्षाको नाममा, रोजगारीका नाममा, दलालीको नाममा बाहिर गएका छन् र बाहिर गएर पनि सुख पाएका छैनन् । यदि युवा बिहीन नेपाल बनाउने हो भने यो बजेट हामीलाई किन ? विभिन्न शीर्षकमा छलफल किन ? रोग के हो ? रोगको बारेमा पनि हामी गम्भीर बन्नका निमित्त आग्रह गर्न चाहन्छु । हामी युवाबिहीन हुँदैछौं, गाउँघरमा युवा छैनन्, बुढाबुढीमात्र छन् । त्यतिमात्र होइन विरामीको उपचार र मृत्यु हुँदा लाश उठाउने व्यक्ति छैन । अब हामीले यसतर्फ चिन्तन गर्नुपर्ने अवस्था छ । हामी त्यसतर्फ गम्भीर हुनसकेनौं । यस विषयमा हामी छलफल गर्न चाहँदैनौं । कुनै कर्मचारी आउँछ यो विधेयकमा यो ल्याउने भए ल्या नभए हामी राजीनामा दिन्छौं भनेर थर्काउँछ देशको नेतृत्व गर्ने मान्छे डराएर खुट्टा लुलुलुलु कमाउँछ खुट्टा कमाएर अब मुलुक बन्न सक्दैन यो पक्का हो ।’

उहाँले मुलुक युवाबिहीन बनिरहेकोतर्फ छलफल गर्नुपर्ने अवस्था भएपनि त्यसतर्फ गम्भीर बन्न नसकेको स्पष्ट पार्नुभयो ।