३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कानून र नियमहरु संविधान विपरीत बन्नु हुँदैन’



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नागरिकताका विषयमा नेपालको संविधान २०७२ ले व्यवस्था गरे विपरीत कानून निर्माण गर्न खोज्नु संविधानको उल्लङ्घन हुन्छ भन्ने पार्टीको धारणा रहेको बताउनुभएको छ । 

प्रतिष्ठानको संयोजनमा काँग्रेसका जिल्ला सभापतिसँग आज गरिएको ‘जुम’ अन्तरसंवाद कार्यक्रममा उहाँले कानून र नियमहरु संविधान विपरीत बन्नु हुँदैन भन्ने संविधानवादको मान्यता भएको बताउनुभयो । उपसभापति निधिले भन्नुभयो, “संयुक्त राज्य अमेरिकी सहयोग, एमसीसी सम्झौताबारे काँग्रेस पार्टी र संसदीय दलले नै समर्थन गर्ने निर्णय गरिसकेको छ । तर सरकारले संसद्मा कहिले प्रस्तुत गर्ने हो त्यो सरकारमा बस्नेहरुकै जिम्माको विषय हो ।” 

कार्यक्रममा जिल्ला सभापतिहरुसँग कोरोना सङ्क्रमणको अवस्था, एमसीसी, सीमा, नागरिकता विधेयकजस्ता समसामयिक विषयसहित पार्टीको अवस्थाबारे छलफल भएको थियो । बैठकमा जिल्ला सभापति वीरबहादुर राना, दिनेश यादव, दीपन श्रेष्ठ, लवश्री न्यौपाने, नरनारायण शाह, विष्णु लामिछाने, रमेश धमला, भुवन श्रेष्ठ, जीतनारायण श्रेष्ठ, लीला बोखिम, हरिप्रसाद बोहरा, भरतबहादुर स्वाँर, भेषबहादुर पौडेल, कविराज पण्डित, महेशशङ्कर गिरी, बैकुण्ठ न्यौपाने, नरेन्द्रकुमार केरुङ, मधु आचार्य, रुद्र खड्का, महेन्द्र यादव, अजयकुमार द्विवेदी, प्रदीपकुमार सुनुवार, खिमप्रसाद भुसाल, नागेन्द्रकुमार राय, कृष्णप्रसाद यादव, केशरमान रोकाया, नन्दमणि राई, रामचन्द्र यादव, पेमा छिरिड। तामाङ, प्रदीप देउवासहितले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
 
करिब पाँच घण्टासम्म चलेको बैठकमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहाल र सदस्य डा जगदीशचन्द्र पोख्रेलसमेतले विचार व्यक्त गर्नुभएको थियो । प्राविधिक संयोजन तथा सहजीकरण विश्वास विक्रमले गर्नुभएको थियो ।