१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग



अ+ अ-

रामपुर । कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रवद्र्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक किसानलाई ठेला गाडा उपलब्ध गराएको छ ।

वडाका ७५ जना किसानलाई शत प्रतिशत अनुदानमा ठेलागाडा वितरण गरिएको वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिनुभयो । किसानलाई कृषि उत्पादन, मल बीउ, दाना, पराल ओसारपसारका लागि कृषि औजारको रुपमा ठेलागाडा वितरण गरिएको वडाध्यक्ष देवकोटा बताउनुहुन्छ ।

वडा कार्यालयले विजयपुर कृषि सहकारी संस्थाको समन्वयमा कार्यक्रम गरी ठेलागाडा वितरण गरेको हो । नगर प्रमुख रमणबहादुर थापाले स–साना अनुदानका कार्यक्रम भन्दा अब बीउबिजन उत्पादन र स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाइने बताउनुभयो ।

यसैबीच, रामपुरका संस्थागत विद्यालयका विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिएको छ । कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा संस्थागत विद्यालयका विद्यार्थीलाई चस्मा वितरण गरेको हो ।

रामपुर अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय र भूपु सैनिक राईजिङ इङलिस बोर्डिङ स्कूलका एक सय १८ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको सर्जिकल सेन्टरका व्यवस्थापक सुन्दर रानाले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयका लागि विभिन्न सरकारी बजेट आए पनि संस्थागत विद्यालयका लागि नआउने भएकाले विद्यार्थीको स्वास्थ्य सुविधालाई दृष्टिगत गर्दै निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।