२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री ज्ञवालीको शंकास्पद भूमिकाले प्रधानमन्त्री अप्ठेरोमा



अ+ अ-

काठमाडौँ । नेकपा स्थायी समितिको बैठकको दोस्रो दिन प्रधानमन्त्रीपछि सबैभन्दा बढी आलोचना परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भयो । उनले पछिल्लो समयमा नेपालको कूटनीतिक क्षेत्रको साख राख्नु त कता हो कता साख गिराएको भन्दै उनको व्यापक आलोचना भएको हो । एमसीसीका बारेमा परराष्ट्रमन्त्री ज्ञवालीको भूमिका संकास्पद रहेको स्थायी समिति सदस्यहरुले बताएका थिए । उनीहरुले मन्त्री ज्ञवालीले यता एमसीसीकै विषयमा टुंगो लगाउने मुख्य एजेण्डा राखेर स्थायी समितिको बैठक सुरु गरेकै दिन किन अमेरिकी विदेशमन्त्रीसँग कुरा गरेको भनेर प्रश्न उठाएका थिए । 

यसलाई स्थायी समिति सदस्य भीम रावलले त अमेरिकी हस्तक्षेत्र सम्म भन्न भ्याए । उनले आजै किन अमेरिकासँग कुरा गरेको हाम्रा मन्त्रीले ? के यो बैठकलाई प्रभावित पार्ने र हस्तक्षेप गारउने मेलोमेसो बाहेक अरु के हुनसक्छ ? शुक्रबारको बैठकमा नेताहरुबीच यसै विषयमा औपचारिक र अनौपचारिक मात्रामा नै धेरै छलफलहरु भएका थिए । खासगरी विवादित बनेको एमसीसीका बारेमा नेताहरुले अझ बढी चासो राखेका थिए । बुधबार मात्रै परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग फोनवार्ता गरेका थिए । त्यस कुराकानीबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग उनीहरुले भएको के हो भनेर जवाफ खोजेका थिए ।

परराष्ट्रमन्त्रीज्यूले अमेरिकी विदेशमन्त्रीसँग के कुरा गर्नुभयो रु नेकपाको बैठक बसिरहेका बेला सकारात्मक कुरा गर्नुपर्नेमा किन हस्तक्षेप भयो ? आजै बैठककै दिन पारेर उहाँले फोन गरेर के सन्देश दिन खोज्नुभएको हो ? यस्तै प्रश्नहरु उनीमाथि तेर्सिए । नेताहरुको प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले उताबाट नै फलो गरेकाले संवाद गरेको जवाफ दिएका थिए । जबकि परराष्ट्रमन्त्रालयका अधिकारीहरुले यता नेपालबाट नै फोन भएको बताएका छन् । ‘गएको हप्ता दिनदेखिको फलोअपपछि बुधबारका लागि अमेरिकी विदेशमन्त्रीसँग कुराकानीको समय मिलेको’ परराष्ट्रका एकजना उच्च अधिकारीले बताए । उनकाअनुसार परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा संसदको बैठक चलिरहेको र एमसीसी यसै बैठकबाट पारित हुने भन्दै फोनमा कुराकानी गर्न चाहेको भनी समय मागेका थिए । 

नेताहरुले बैठक बस्ने दिनमै अमेरिकी विदेशमन्त्रीसँग कुरा हुनुलाई हस्तक्षेपका रूपमा बुझेको बताएका थिए । तर मन्त्री ज्ञवालीले भने कोरोनाका विषयमा मात्र कुराकानी भएको र अन्यथा नलिन आग्रह ग।ेका थिए । तर यसलाई सदस्यहरुले भने मन्त्रीको यस्तो टालटुले जवाफले हुँदैन भनेर पुनः प्रश्न गरेका थिए ।  

त्यसक्रममा नेताहरुले अमेरिकासँगको स्टेट पर्टनरसिप एग्रिमेन्ट खै ? गरेको हो भने यहाँ तुरुन्त चाहियो भन्दै प्रश्न गरेपछि मन्त्री ज्ञवालीले त्यस्तो सम्झौता नै नभएको भन्ने जवाफ दिएका थिए । ‘त्यस्तो कुनै सम्झौता भएको छैन । त्यो सामान्य हो, त्यसमा कार्यदल बनेको छ, त्यसले अध्ययन गर्दैछ– मन्त्री ज्ञवालीले भने । तर नेताहरुले ‘त्यसरी हुँदैन, त्यो सम्झौता तुरुन्त चाहियो’ भन्ने अडान दोहोर्याएका थिए ।

स्थायी समिति भिम रावलसहित केही नेताहरुले त परराष्ट्रमन्त्री ज्ञवालीले यसअघि पनि उनी अमेरिका पुगेर इन्डो प्यासिफिक रणनीतिमा हस्ताक्षर गरेर आएको र जसका कारण देशलाई ठूलो गुमराहमा पारेको बताएपछि आफूले त्यसो नगरेको भन्दै पटक पटक जवाफ दिएका थिए । केहीले त कूटनीतिको क पनि नबुझेकालाई परराष्ट्रमन्त्री बनाएर नेपालको कूटनीतिक सम्बन्धको साख गिरेको समेत भनेका थिए । शान्त र सालिन हुनुपर्ने कूटनीतिज्ञ विपक्षीहरुप्रति ‘गिद्ध र सिनोखाने जात’ भन्ने जस्तो विवादास्पद, रुखो र छुद्र बोल्ने गरेकाले सरकारलाई मात्र नभएर पार्टीलाई नै समस्या पर्ने गरेको आरोप उनीहरुले लगाएका थिए । तर यी आरोपहरु निरन्तर आइरहँदा ज्ञवाली भने रातो मुख लगाएर मात्र बसेका थिए । 

त्यस समय अमेरिकाको सैन्य रणनीति समेत रहेको इन्डो प्यासिफिक रणनाीतिमा हस्ताक्षर गरेर आएको तथा अहिले आएर एमसीसी पारित गराउन मरेर लागेको भन्दै उनको व्यापक आलोचना भएको थियो । त्यस्तै मुलुकको परराष्ट्रमन्त्रीको जिम्मेवारीमा बसेपछि भारतसँग वार्ताको वातावरण बनाउन आफूले पनि सक्नुपर्नेमा भारतले समय नै दिएन भनेर मात्र बस्दा उनको मात्र नभएर देशकै कूटनीतिक असफलता उत्पन्न भएको उनीहरुले बताए । 

उनले बजेटमा एमसीसी घुसाउन अर्थमन्त्रीलाई सघाए तर पनि उता आफू मन्त्री भएको दुई वर्ष बितिसक्दा पनि चीनसँगको महत्वपूर्ण मानिएको बिआरआइ आयोजनाको यीनले पूरै रुपमा उपेक्षा गरेका छन् । जसका कारण नेकपाको र त्यो पनि स्पष्ट बहुमतको सरकार भएका बेला पनि दुई दुई वर्षसम्म बिआरआई आयोजनाका विषयमा केही काम नै नहुनुले चीनले नेपाल, नेपाल सरकार र कम्युनिष्ट पार्टीप्रतिको सहयोग र सद्भावमा समेत आँच आउनसक्ने खतरा बढाएको छ । यसो हुुनुमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले चीनलाई उपेक्षा गरेर एमसीसीलाई मात्र ठूलो प्राथमिकतामा राखेर हो भन्ने निष्कर्ष पनि पार्टीका नेताहरुले निकालेका छन् । 

नेपालले एकतर्फी रुपमा नक्सा त जारी गर्यो तर पनि भारतले वार्तामा बस्न मानेको छैन । कहिले चीनतर्फबाट पनि नेपालको सीमा मिचिएको जस्तो नभएको कुराको प्रचार हुने गर्दछ । कूटनीतिक रुपमा असक्षम व्यक्ति परराष्ट्रमन्त्री भएपछि देशको उत्तर दक्षिण सम्बन्धलाई पनि सन्तुलित र सौहार्द बनाउन नसकेको आरोप पनि उनीमाथि नै हुनु स्वाभाविक हो । उनका यी सबै क्रियाकलापरुले गर्दा सरकारलाइ मात्र नभएर सिंगो देश र नेकपालाई नै अप्ठेरो परेको देखिएको हिजोको स्थायी समिति बैठकको ठहर थियो ।