१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कलन गरेको गोहीका अण्डाबाट बच्चा कोरलियो



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट बच्चा कोरलिएका छन् । सङ्कलन गरिएका २३२ अण्डामध्येबाट २०२ वटा बच्चा कोरलिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार सङ्कलन गरिएका अण्डामध्ये २० वटालाई प्रयोगशालामा छुट्टै राखिएको थियो । यसबाट १९ बच्चा कोरलिएको छ । अन्य अण्डालाई प्रजनन केन्द्रमा प्राकृतिक रुपमा राखिएको थियो । गत वैशाख १६ गते राप्ती नदी किनारमा रहेका गोहीका गुँडबाट सङ्कलन गरी अण्डा ल्याइएको थियो । निकुञ्जले १८ गँुड पहिचान गरी तीमध्ये सात गुँडबाट अण्डा सङ्कलन गरेर केन्द्रमा बच्चा कोरल्नका लागि ल्याएको थियो । सातवटा गुँडमा रहेका २३२ अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा ल्याईएको थियो ।

सङ्कलन गरेर ल्याइएका अण्डामध्ये २१२ अण्डालाई प्राकृतिक रुपमा कोरलिनका लागि छोडिएको थियो । गत आर्थिक वर्षमा राप्ती नदीमा भेटिएका १६ गुँडमध्ये आठ गुँडका २४७ अण्डा निकालिएको थियो ।

प्राकृतिक रुपमा बच्चा कोरल्नका लागि छोडिँदा सर्प, चराहरु र अन्य जनावारसँगै मानवीय गतिविधिबाट हानिनोक्सानी हुने, नदीमा बाढी आउँदा बगाउने हुँदा जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गर्ने गरिन्छ । निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चाहरु हुर्काएर पुनः विभिन्न नदीहरुमा छोड्ने गरिएको छ । यहाँ हुर्किएका गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । रासस