१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिर सुन्दर र शिक्षाप्रद हुन्छन् :पाकिस्तानी राजदूत हाश्मी



अ+ अ-

काठमाडौँ:  नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले राष्ट्रिय समाचार समिति (रासस)मा प्रदर्शनीमा राखिएका तस्बिर सुन्दर र शिक्षाप्रद भएको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकनपछि आज उहाँले तस्बिर प्रदर्शनीमा अन्वेषण गर्न योग्य विषय रहेको उल्लेख गर्नुभयो ।

राजदूत हाश्मीले भन्नुभयो, “हिमालहरूमा नपुगिकनै पनि, मैले राससका रिपोर्टर र फोटोग्राफरहरूको लेन्समार्फत ती दृश्यहरू हेर्न पाएँ । तस्बिरलाई यस प्रदर्शनीसम्म ल्याउनु भएकामा धेरै–धेरै धन्यवाद ।” उहाँले रासस व्यवस्थापक पक्षसँग तस्बिरलाई पुस्तकको रूप दिन सुझाव दिनुभयो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्वतीय पर्यटन विकासको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे अन्तरराष्ट्रिय जगत्मा सन्देश फैलाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।रासस