२ असार २०८३, मंगलवार
,
Latest
अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर अमेरिका–इरान समझदारीपछि शान्तिको आशा तर महत्वपूर्ण विषयमा मतभेद कायमै भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण संविधान विपरीत हिँड्ने छुट अर्थमन्त्रीलाई छैन: पूर्वप्रधानन्यायायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सभा सदस्य दिपक मनाङ्गे पदमुक्त



अ+ अ-

न्यूजपोलार ए.आई.

  • गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) पदमुक्त
  • मनाङ्गेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त हुने निर्णय गरेको हो
  • मनाङ्गे हाल फैसला कार्यान्वयनको क्रममा थुनामा छन्

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) पदमुक्त भएका छन् ।

फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेका मनाङ्गेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त हुने निर्णय गरेको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेलाई पदमुक्त गर्ने निर्णय गरेको हो । मनाङ्गे हाल फैसला कार्यान्वयनको क्रममा थुनामा छन् ।

संवैधानिक इजलासले मनाङ्गे फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण उल्लेख गर्दै प्रदेशसभा सदस्यबाट पदमुक्त हुने निर्णय गरेको हो ।