२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सभा सदस्य दिपक मनाङ्गे पदमुक्त



अ+ अ-

न्यूजपोलार ए.आई.

  • गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) पदमुक्त
  • मनाङ्गेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त हुने निर्णय गरेको हो
  • मनाङ्गे हाल फैसला कार्यान्वयनको क्रममा थुनामा छन्

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) पदमुक्त भएका छन् ।

फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेका मनाङ्गेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त हुने निर्णय गरेको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेलाई पदमुक्त गर्ने निर्णय गरेको हो । मनाङ्गे हाल फैसला कार्यान्वयनको क्रममा थुनामा छन् ।

संवैधानिक इजलासले मनाङ्गे फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण उल्लेख गर्दै प्रदेशसभा सदस्यबाट पदमुक्त हुने निर्णय गरेको हो ।