८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती
अ अ+ अ-

डुम्रे । जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु गरिएको छ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरणका लागि असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूलन क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, जिल्ला समन्वय समिति तनहुँ, कृषि ज्ञान केन्द्र र ऋषिङ गाउँपालिकाको समन्वयमा जलवायसमैत्री कृषि प्रविधि कार्यक्रम सञ्चालन गरिएको छ ।

ऋषिङ–७ आम्चोकमा २३ घरधुरी जलवायुमैत्री कृषि प्रविधि कार्यक्रममा सहभागी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको जलवायुजन्य जोखिमका दृष्टिले तुलनात्मक रुपमा बढी संवेदनशील रहेको क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असरले खेती प्रणालीमा परेको असरलाई न्यूनीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम ल्याइएको हो ।” जलवायु परिवर्तनको प्रभाव अधिकांश स्थानमा परेको छ । यस्ता समस्या तथा जोखिमलाई सुहाउँदो उत्पादनमा जोडने प्रयासमा लगानी बढाएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जलवायुमैत्री कृषि प्रविधि कार्यक्रमको शुभारम्भ गर्दै कम बजेटमा सुरुआत गरिएको खेतीले उत्पादन र उतपादकत्व वृद्धिमा सहयोग पु¥याउन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सिँचाइको समेत अभाव रहेको स्थानमा पम्पिङ गरी ल्याई उपयोग गरिएको छ, कम बजेटमा गर्न सकिन्छ भन्ने शंकाका साथ सुरुआत गरिएको सफल भइरहेको छ, यसले कृषकका साथै हामीलाई प्रेरित गरिएको महसुस भएको छ ।”

मौसम अनुकूलको उत्पादनलाई अगाडि बढाउने प्रयास ज्ञान केन्दले गरेको उहाँको भनाइ छ । स्थानीय तहले पनि जलवायु परिवर्तन भइरहेको अवस्थामा सहाउँदो उत्पादन र उत्पादकत्व दिने गरी कृषि प्रणालीको विकास र अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ र यस प्रणालीको अवलम्बन गरी गरिएको खेतीबाट कृषक आयस्तरसँग जोडन सक्नुपर्छ ।”

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कृषकलाई तालिम, आवश्यकताका आधार पहिचान गरी रोजगार बनाउने योजनासहित अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ गरिएको खेती नमूना बनाउनेछौं, यो कार्यक्रमलाई प्रभावकारी र नमुना कार्यको रुपमा विकास गर्नेछौं र सबैले हेर्ने तथा आकर्षण गर्ने क्षेत्रका रुपमा विकास गर्नेछौँ ।”

कृषि, भूमि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका उपसचिव गोविन्द पाण्डेले मौसम परिवर्तनले अत्यधिक वर्षा तथा कम वर्षाको समयमा पनि खेती गर्न सक्ने गरी कार्यक्रम सञ्चालनमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनमा नै उत्पादन लिने गरी खेतीलाई विकास गर्ने लक्ष्य हो, यहाँ उत्पादनलाई बीउ उत्पादनमा जोडेर प्रदेश सरकारले खरिद बिक्री गरी अन्यत्र प्रवर्द्धन गर्न सकिनेछ ।”

जलवायुजन्य प्रकोप तथा जोखिमको अवस्था, समुदायको सामाजिक, आर्थिक अवस्था, भौगोलिक विकटता, खाद्य सुरक्षाको अवस्थाको अध्ययन तथा अनुसन्धान गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो । आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित बजेटबाट कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ । रु १० लाखको लागतमा लिफ्टिङ र थोपा सिँचाइमार्फत खेती गर्ने गरी जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिनुभयो ।

“चालु आर्थिक वर्षमा ऋषिङ–७ आम्चोक र देवघाट–४ मा यो कार्यक्रम सञ्चालन भइरहेको छ, यसको सुरुआतले कृषकमा उत्साह जगाउन मद्दत पुगेको छ”, उहाँले भन्नुभयो । माटोको स्वास्थ्य प्रवर्द्धनका लागि कोसेबाली उत्पादन प्रवर्द्धन, मिश्रित खेती प्रणाली प्रवर्द्धन, हरियो मल प्रवर्द्धन, गोबर मल तथा गड्यौला मल उत्पादन र प्रयोग, माटो परीक्षणसहित खेती गर्न प्रेरित गर्न सकिन्छ ।