८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

युवाको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गर्नु राज्यको दायित्वः अध्यक्ष दाहाल

युवाको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गर्नु राज्यको दायित्वः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको बताउनुभएको छ ।

बुधवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वदेशको मौलिक प्रविधि र विश्व बजारबाट प्राप्त हुने विज्ञान र प्रविधिको अवसरलाई राष्ट्रको आवश्यकताका आधारमा ग्रहण, उपयोग र प्रवद्र्धन गर्नका लागि व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको बताउनु भयो ।

उहाँले विज्ञान तथा प्रविधिमा आधारित उद्यमशिलता विकासका लागि राज्यले लगानी, नीति, संरचना र अवसरको समायोजन गर्नुपर्ने बताउनु भयो । नेपाली युवामा रहेको नविन सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्न जरुरी रहेको भन्दै युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउन आवश्यक रहेको बताउनु भयो । युवाहरुको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गराउनु राज्यको दायित्व भएको बताउनु भयो । समयसापेक्षा रुपमा जनताको आवश्यकता र समस्या समाधान गर्नसक्ने किसिमको विज्ञान, प्रविधिको विकास र प्रयोग हुन जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘विज्ञान तथा प्रविधिमा आधारित उद्यमशिलता विकासका लागि राज्यले लगानी, नीति, संरचना र अवसरको समायोजन गर्नुपर्दछ । हामीले एकातिर नेपाली युवामा रहेको नविन सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपर्दछ भने अर्कोतिर उनीहरुलाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपरेको छ । नयाँ विचार, खोज र नवप्रवर्तनका काममा युवाहरु बढी सक्षम हुन्छन् । उनीहरुलाई आवश्यक सहयोग र प्रोत्साहन नहुँदा दक्ष जनशक्ति विदेश पलायन हुने वा गलत बाटोमा लाग्ने स्थिति पैदा भइरहेको अनुभुति हामी सबैले गरिरहेका छाँै । युवाहरुको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गराउनु राज्यको दायित्वभित्र पर्दछ ।’

‘त्यसका लागि युवाहरुको क्षेत्रमा क्रियाशिल सरकारी निकायहरु राष्ट्रिय युवा परिषद् लगायतका संघ,संस्थाको भुमिका सशक्त, समन्वयकारी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता मैले महशुस गरेको छु । कुनैपनि राष्ट्रको सर्वाङ्गिण विकासको लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको ज्यादै महत्वपूर्ण भुमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरुको विकासको मुल आधार नै विज्ञान प्रविधिको उच्चतम विकास र त्यसको सही प्रयोग नै रहेको देखिन्छ । जहाँ विज्ञान र प्रविधिको विकास, प्रवद्र्धन र सही उपयोग भएको छ, त्यसको विकासको दर उच्च रहेको छ । त्यस्ता देशले छिटै उन्नति हाँसिल गरेको अवस्था छ । नेपालको हकमा समयसापेक्षा रुपमा जनताको आवश्यकता र समस्या समाधान गर्नसक्ने किसिमको विज्ञान, प्रविधिको विकास र प्रयोग हुन सकिरहेको छैन । त्यसैले स्वदेशको मौलिक प्रविधि र विश्व बजारबाट प्राप्त हुने विज्ञान र प्रविधिको अवसरलाई राष्ट्रको आवश्यकताका आधारमा ग्रहण, उपयोग र प्रवद्र्धन गर्नका लागि व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको छ ।’

अध्यक्ष दाहालले सूचना र प्रविधिका नविन प्रविधि अवलम्वन गर्न कानूनी आधार तयार गर्दै कृत्रिम बौद्धिकताको विकास, प्रवद्र्धन र नियमनको व्यवस्था गर्न आग्रह गर्नुभयो । सूचना, प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा,डाटा सुरक्षा र बौद्धिक सम्पती संरक्षण प्रदान गर्दै डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमनमा समेत जोड दिनुपर्ने बताउनु भयो । नवप्रवर्तनलाई प्रवद्र्धन गर्दै वैज्ञानिक आविष्कारहरुलाई उद्यमशिलतामा परिणत गर्न जुट्नुपर्ने बताउनु भयो । अनुसन्धान र आविष्कारको क्षेत्रमा प्रगति गर्न शिक्षा क्षेत्रमा नीतिगत स्पष्टता, उद्योग र अनुसन्धान संस्थानहरुबीच समेत समन्वय र सहकार्यलाई बढाउन आवश्यक रहेको बताउनु भयो ।