३० असार २०८३, मंगलवार
,
Latest
गाजा शहरमा इजरायली हवाई आक्रमणः चार प्यालेस्टिनीको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु कान्ति लोकपथ अस्थायी रूपमा बन्द न्युयोर्कमा ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ घोषणा, नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तारमा जोड हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द शंकास्पद गतिविधि कसले गरेको रहेछ ? धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार दिलभूषण पाठकलाई प्रहरी कार्यालयमा उपस्थित हुन साइबर ब्यूरोको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार दिलभूषण पाठकलाई प्रहरी कार्यालयमा उपस्थित हुन सूचना जारी गरेको छ । साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतमा मुद्दा दायर गरेर पाठकलाई पक्राउ पूर्जी लिएको थियो ।

ब्यूरोले आज जारी गरेको सूचनामा भनिएको छ– ‘पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्‍याइदिनु हुन अनुरोध गरिएको छ ।’

उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

आफूविरुद्ध जारी पक्राउ पुर्जी गलत कानुन लगाई र गलत नियतका साथ जारी भएको भन्दै पाठकले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम जारी गरेको थियो ।

अदालतले दुवै पक्षलाई छलफलका लागि असार ५ गते बोलाएको छ । सोही दिन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने निर्णय हुने छ । तर प्रहरीले आजै सूचना जारी गरेर पाठकलाई प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो ।