
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।
तीनकुने घटनामा प्रतिवादी बनाइएका मिश्र मङ्गलबार बिहान अदालतमा उपस्थित भएका हुन् । उनको आजै थुनछेक बहस हुने बताइएको छ ।
मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी गरिएको छ ।
तीनकुने घटनामा चैत १५ गते राति मिश्र पक्राउ परेका थिए । पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट दिएपछि सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो । सो आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्क विहीन हुँदै आएका थिए ।
सोही मुद्दामा राप्रपाका महामन्त्री धवलशमशेर राणा ३ लाख धरौटीमा रिहा भईसकेका छन् ।