२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानले आलुको मूल्य नै पाएनन्



अ+ अ-

सर्लाही । जिल्लाका किसानले आलुको उचित मूल्य नपाएको गुनासो गरेका छन् । खुल्ला सिमाना हुँदै भारतीय आलु  बजारमा भित्रिएपछि आफूहरुले आलुको उचित मूल्य नपाएको हजरियाका किसान मुकेश महतोले बताउनुभयो । “भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ”, उहाँले भन्नुभयो । अहिले रातो आलु  रु २८ र सेतो प्रतिकेजी रु २४ मा बिक्री भइरहेको छ । तीन वर्षदेखि लगातार घटेको आलुको मूल्य यस वर्ष पनि बढ्न नसकेपछि यसको विकल्प खोज्न थालेका छन् ।

स्थानीयवासी शिवजी महतो भन्नुभयो, “पहिले आलु खेतीबाट राम्रै  फाइदा हुन्थ्यो, अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ, गत वर्ष पनि आलु खेतीबाट ६० हजार नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयो ।” पाँच वर्षपहिले  प्रतिकेजी रु ३७ मा बिक्री भएको आलु अहिले रु २५ देखि रु ३० मा बेच्नु परेको किसान रोहन महतोले गुनासो गर्नुभयो ।  सबैभन्दा बढी आलु उत्पादन जिल्लाको हजरिया, राजघाट, शङ्करपुर, सुन्दरपुर र बरहथवा  क्षेत्रमा हुने गरेको छ । बजार मूल्य राम्रो नभपछि जिल्लाका किसानहरुले खेतबारीमा नै आलु थुप्रो लगाएर राखेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले बताउनुभयो ।

लामो समयसम्म आलु जमीनमा राख्न नमिल्ने भए पनि जिल्लामा शीतभण्डारणको व्यवस्था नहुँदा किसानहरु थप मारमा परेका हुन् । जिल्लामा शीतभण्डारका लागि पटकपटक कुरा उठे पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयवासीले बताएका छन् । राम्रो माटो भएको जग्गामा प्रतिकट्ठा १० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको किसानहरुले बताएका छन् । लकडाउनको समयमा पनि नेपाली बजारमा भारतीय आलु आउँदा आफूहरु अचम्मित भएको जिल्लाका किसानहरुले बताएका छन् । अहिले जिल्लाका अधिकांश बजारहरुमा आयातित आलु, प्याज तथा कागतीको समेत बिगबिगी रहेको छ । 

खुल्ला सिमाना रहेको जिल्लाका बजारहरुमा भारतीय बजारका तरकारीहरु तथा फलफूलहरु परीक्षणबिना नै  भित्रने गरेका छन् । आवतजावतसमेत रोक लगाइएको भए पनि भारतीय तरकारी तथा फलफूलहरु परीक्षणबिना नै बजारमा आउने गरेका छन् । कागती, आलु, प्याज, खुर्सानीलगायत तरकारीहरु र स्याउलगायत अन्य फलफूलहरु यतिबेला बिनापरीक्षण बिनारोकटोक नेपाली बजारमा आउने गरेको पाइएको छ ।