२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु



अ+ अ-

नारायणगढ । गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जङ्गे कुमालको मृत्यु भएको छ ।

कुमाललाई आइतबार राति मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा माछा मार्न गएको बेला गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

कुमालको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।