१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी अध्यक्ष दाहाललाई संक्रमण भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोनाभाइरस संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि एकसाता आइसोलेसनमा बस्नुभएको छ । 

प्रधानमन्त्रीको पीसीआर परीक्षण आइतबार हुने भएको छ । दुई दिनअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रचण्डसहित प्रधानमन्त्री देउवा पनि सहभागी हुनुहुन्थ्यो । 

आइसोलेशनमा बस्नु अघि शनिबार बिहान मात्र प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग करिब एक घण्टा भेटवार्ता गर्नुभएको थियो । 

माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजीसहित सो पार्टीका १० जनाभन्दा बढी नेतालाई कोरोना संक्रमण भएको छ ।