८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

सुन, हिरा लगायत बहुमुल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरवलोकन गर्न महासंघको माग

सुन, हिरा लगायत बहुमुल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरवलोकन गर्न महासंघको माग
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रस्तावित २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर अव्यवहारिक भएको भन्दै सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मुल्य अभिवृद्धिकर (भ्याट) पुनरावलोकन गर्न सरकारसंग माग गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा रत्न तथा आभूषण संघको प्रतिनिधीमण्डलबीच आइतवार महासंघ सचिवालयमा यस विषयमा भएको छलफल भएको थियो ।

सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मुल्य अभिवृद्धिकर (भ्याट) का विषयमा महासंघले यस अघि नै बजेटको प्रतिक्रियामा करका यी प्रावधानले व्यवसाय तथा रोजगारीमा प्रभाव पर्ने औपचारिक धारणा सार्वजनिक गरेको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, रत्न तथा आभूषण संघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले करका यी प्रावधानहरुले व्यवसाय नै धरासायी हुने भन्दै पुनरावलोकन गर्न माग गर्दै आएका छन् । तीन वटै संस्थाका प्रतिनिधीहरुले यस विषयमा आवश्यक पहल गर्न उद्योग वाणिज्य महासंघलाई आग्रह गरे ।
महासंघका अध्यक्ष ढकालले व्यवसायीहरुले उठाएका विषयहरु सान्दर्भिक रहेको उल्लेख गर्दै महासंघको तर्फबाट आवश्यक पहल गर्ने बताउनु भयो । “ व्यवसायीहरुले उठाएको यो विषय आम उपभोक्ता र रोजगारीसंग जोडिएको विषय हो । प्रस्तावित कर नीतिले व्यवसायी र आम उपभोक्तालाई गम्भीर असर पर्ने देखिन्छ । मुअकर पुनरवलोकनको लागि महासंघले सरकारसंग आवश्यक पहल गर्ने छ ।” उहाँले भन्नु भयो ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार ,रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकार र नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यले सुनचाँदी, हिरा, जवाहरात र हस्तकला व्यवसायमा प्रस्तावित करका प्रावधानले व्यवसायी र आम उपभोक्तालाई गम्भीर असर पार्ने बताउनु भयो ।
बजेटमा प्रस्तावित २ प्रतिशत विलासिता करले सुनको कारोबारमा बहुकर प्रणाली (राउन्ड ट्रिपिङ) निम्त्याउने र उपभोक्तालाई ६ प्रतिशतसम्म थप मूल्य तिर्न बाध्य बनाउने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी महासंघको दाबी छ । यसले सुनको बजारमा मन्दी निम्त्याउने, फिर्ता बिक्री (बाईब्याक) प्रणालीमा अवरोध पुग्ने र उपभोक्ताको विश्वास घट्ने खतरा रहेको दुवै महासंघको धारणा छ ।
हिरा तथा बहुमूल्य पत्थरमा लागू गरिएको १३ प्रतिशत भ्याटले सुनका गहनाको मूल्यमा थप १९ प्रतिशतसम्म मूल्यवृद्धि हुने विश्लेषण छ । यसले गहनाको मूल्य बढ्ने, अवैध आयातलाई प्रोत्साहन गर्ने,आम उपभोक्तालाई गम्भीर आर्थिक भार पर्नुका साथै २५ हजार व्यवसायी र १५ लाखभन्दा बढी कालिगड र मजदुरको रोजीरोटीमा असर पर्ने व्यवसायीहरुको दाबी छ ।
दुवै महासंघले सरकारसँग सुन र सुनका गहनामा लागू २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, हिरा र जवाहरात जडित गहनामा लागू १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनचाँदी कारोबारलाई प्रोत्साहन गर्न दीर्घकालीन ऐन, नियम र नीति निर्माण गर्नुपर्ने मागहरू राखेका छन् । यस्तै कर संरचना परिवर्तन गर्नुअघि व्यवसाय र रोजगारीमा पर्ने प्रभावको विस्तृत अध्ययन गर्नुपर्ने, छिमेकी मुलुक भारतमा जस्तै भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने, गुणस्तर प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्ने तथा निर्यात ढुवानीमा लाग्ने २.५ प्रतिशत टीडिएस खारेज गर्नुपर्ने माग राखेका छन् ।