३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचार सेवा प्रदायक संस्था न्युज एजेन्सी नेपाल १२ औ बर्षमा प्रवेश , यस्ता छन् आगामी योजना



अ+ अ-

काठमाडौं। निजी क्षेत्रको पहिलो समाचार सेवा प्रदायक संस्था न्युज एजेन्सी नेपाल (नान) १२ औ बर्षमा प्रवेश गरेको छ । १२ औँ बार्षिक उत्सवका अबसरमा एजेन्सीले प्रविधिको अधिकतम प्रयोग गरी समाचार सेवालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

अध्यक्ष प्रधान सम्पादक कृष्णा पौडेल पत्रकारिताको सिद्धान्त र नैतिकतालाई शिरोपर गर्दै सोही अनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले विश्वसनीयता र तटस्थता नै आफुहरुको प्रतिवद्धता रहेको उल्लेख गर्दे

स्थापनाकालदेखि नै न्युज एजेन्सी नेपालले विश्वसनीय, सन्तुलित र तटस्थ समाचार सम्प्रेषणलाई आफ्नो मूल धर्म मान्दै आएको छ। हामी कुनैपनि पूर्वाग्रहबिना तथ्यमा आधारित सूचना प्रवाह गर्न कटिवद्ध रहेको जनाउनु भएको छ । उहाँले भन्नुभयो सूचनाको यो महासागरमा सत्यको खोजी र निष्पक्षताको पत्रकारिता आजको आवश्यकता हो भन्ने कुरामा हामी विश्वस्त छौं र यसलाई हामीले कहिल्यै बिर्सने छैनौँ।

एजेन्सीले अभाव र संकटमा सशक्त उपस्थिति जनाएको स्मरण गर्दे उहाँले २०७२ सालको विनाशकारी भूकम्प वा कोभिड-१९ महामारीको अभाव र संकटका घडीमा न्युज एजेन्सी नेपालले अग्रपंक्तिमा रहेर सत्यतथ्य सूचना सम्प्रेषण गर्दै जनचेतना जगाउने र समाजलाई सही दिशामा डोर्‍याउने भुमिका निर्वाह गरेको जनाउनु भयो ।

उहाँले आगामी योजना र प्रतिवद्धता अनुसार न्युज एजेन्सी नेपालले समयको परिवर्तनसँगै आफूलाई अद्यावधिक गर्दै प्रविधिको अधिकतम प्रयोग गरी समाचार सेवालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जानकारी गराउनुभयो । डिजिटल प्लेटफर्महरूमा आफ्नो पहुँच विस्तार गर्दै, नवीनतम प्रविधि अपनाएर सूचना प्रवाहलाई थप द्रुत र व्यापक बनाउने प्रतिबद्धता पनि उहाँले जनाउनु भएको छ ।