४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय धान दिवसमा दही चिउराको संस्कृति



अ+ अ-

काठमाडौं । यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सञ्चालन गर्न सरकारले निश्चित नियम तय गरेको छ । यसअघि आ–आफ्नै परम्पराअनुसार रोपाइँ महोत्सव हुने गरेका थिए । तर यसपटक विश्वमा फैलँदै गएको कोभिड–१९ का कारण रोपाइँ महोत्सव सञ्चालन गर्न निश्चित नियम बनाइएको हो । सरकारले असार १५ ९आज० बाट नेपालमा औपचारिक रुपमा धान रोपाइँ सुरु गर्दैछ । खेतमा रोपार र लाठेबीच हिलो छ्यापाछ्याप तथा २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन नपाइने नियम बनाएको छ । ‘धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि’ नाराका साथ सुरु हुन गइरहेको १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा २५ भन्दा बढी मानिस भेला हुनुपर्ने भए साना साना समूह बनाई रोपाइँ गर्नुपर्ने नियम बनाइएको छ । यद्यपि २५ भन्दा बढी रोपारबाट रोपाइँ गर्नुपर्ने भए एक अर्का बीचको दूरी ६ फिट कायम राख्नुपर्ने भएको छ ।

ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा धानको बीउ रोपेर औपचारिक रुपले १७औँ र रोपाइँ महोत्सवको आयोजना हुँदैछ । यसपछि नेपालभर औपचारिक रुपमा धान रोपाइँ सुरु हुन्छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन र जोगाउन धान रोपाइँ हुने स्थान वरपर गुणस्तरीय मास्क, सानिटाइजर र हात धुनका लागि साबुनपानीको व्यवस्था मिलाउनुपर्ने नियम बनाएको छ । रोपार तथा बाउसेको शरीरको तापक्रम तथा लक्षणको मापन गर्नुपर्ने तथा परीक्षण गर्दा १०० दशमलव चार प्रतिशत ज्वरो आएमा रोपाइँमा संलग्न हुन रोक लगाउनुपर्ने मापदण्ड तय गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।

हालको जनसंख्या (झण्डै तीन करोड) जनतालाई पुर्‍याउन ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । तर नेपालको उत्पादन भने जम्मा ५५।५६ लाख मेट्रिक टनमा सीमित रहेको छ । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो । धान गै्रमिनी (घाँस) प्रजाति अन्तर्गतको बाली हो । कृषि विभागका महानिर्देशक काञ्चनराज पाण्डेले नेपालीहरुको भातै मात्र खाने ‘भाते‘ संस्कृतिका कारण चामलको आयातमा वृद्धि भएको बताए । हाल नेपालले प्रतिवर्ष ३० अर्ब रुपैयाँको चामल आयात गर्दै आएको छ । नेपालीको क्रयशक्तिमा भएको बढोत्तरीका कारण पिठोको सट्टा चामल खाने आदत बढ्दै गएको छ । फलस्वरुप मसिना तथा बास्नादार ९बास्मती० चामलको आयातमा वृद्धि हुँदै गएको तथ्यांक छ ।

हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालको सबै जिल्लामा धान रोपाइँ हुन्छ । हालसम्म उच्च, मध्य पहाड र तराईमा गरी दुई लाख ७५ हजार, २९ हेक्टर जमीनमा रोपाइँ सम्पन्न भइसकेको छ । यस वर्ष पनि गत वर्ष जस्तै किसानले समयमा नै रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । नेपालमा रासायनिक मल चीन र खाडी मुलुकबाट आयात हुन्छ । यतिखेर लाखौँ टन मल कलकत्ता बन्दरगाहमा अड्किएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

विश्वमा खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । झण्डै चार अर्ब जनसंख्याको आधारभूत खाद्यान्न चामल हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् । सौर्य दैनिक